Page:Shakuntala.pdf/358: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यस्ता ज्योति अनेक रङ्गहरुका | यस्ता ज्योति अनेक रङ्गहरुका झल्की उडी बन्दछन् । | ||
::लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन् ॥ | ::लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन् ॥ | ||
पृथ्वीमा, | पृथ्वीमा, प्रतिबिम्बि ती तर त्यसै व्यर्थै भए बन्दछन् । | ||
::आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन् ॥ | ::आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन् ॥ | ||
{{pcn|(२१४)}} | {{pcn|(२१४)}} | ||
यस्तो सिर्जन -दृश्यवाद झरिगो पर्दा र नाचे नटी । | यस्तो सिर्जन-दृश्यवाद झरिगो पर्दा र नाचे नटी । | ||
::स्वर्वेश्याहरु फेरि त्यो महलमा | ::स्वर्वेश्याहरु फेरि त्यो महलमा झीना नचाई कटी ॥ | ||
कोही | कोही छंछम निर्झरी बनिगए कोही बने निम्नगा । | ||
::वल्लीतुल्य अरू, | ::वल्लीतुल्य अरू, कुनै कुसुम झैं कोही शशी-वृत्तगा ॥ | ||
{{pcn|(२१५)}} | {{pcn|(२१५)}} | ||
यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो | यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हुने वर्णन । | ||
::फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥ | ::फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥ | ||
यौटी दिव्य ठिटी | यौटी दिव्य ठिटी कुरङ्गनयनी छड्के गरी दर्शन । | ||
:: | ::दुष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥ | ||
{{pcn|(२१६)}} | {{pcn|(२१६)}} | ||
सम्झी झट्ट | सम्झी झट्ट शकुन्तला नयनले "को हो" भनी सत्त्वर । | ||
::हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥ | ::हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥ | ||
के जित्थे | के जित्थे सुरदेशका लघुपुरी त्यो मोहनी सुन्दर । | ||
:: | ::बिर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥ | ||
{{pcn|(२१७)}} | {{pcn|(२१७)}} | ||
प्रशंसा गरी नृत्यका बात धेर । | |||
::गरी फर्किए भूप हाम्रा नुहेर ॥ | ::गरी फर्किए भूप हाम्रा नुहेर ॥ | ||
बिदा भैगए आइहाल्यो विमान । | |||
:: | ::झर्यो त्यो धरातर्फ गाएर गान ॥ | ||
{{pcn|(२१८)}} | {{pcn|(२१८)}} | ||
परीले सबै गान गाएर हेरे ! | परीले सबै गान गाएर हेरे ! | ||
::झरे फूल माला त्यहाँ धेर बेर ॥ | ::झरे फूल माला त्यहाँ धेर बेर ॥ | ||
इशाराहरू गर्दथे देववर्ग । | |||
:: | ::बिदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥ | ||
{{pcn|(२१९)}} | {{pcn|(२१९)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:38, 31 May 2025
यस्ता ज्योति अनेक रङ्गहरुका झल्की उडी बन्दछन् ।
लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन् ॥
पृथ्वीमा, प्रतिबिम्बि ती तर त्यसै व्यर्थै भए बन्दछन् ।
आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन् ॥
(२१४)
यस्तो सिर्जन-दृश्यवाद झरिगो पर्दा र नाचे नटी ।
स्वर्वेश्याहरु फेरि त्यो महलमा झीना नचाई कटी ॥
कोही छंछम निर्झरी बनिगए कोही बने निम्नगा ।
वल्लीतुल्य अरू, कुनै कुसुम झैं कोही शशी-वृत्तगा ॥
(२१५)
यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हुने वर्णन ।
फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥
यौटी दिव्य ठिटी कुरङ्गनयनी छड्के गरी दर्शन ।
दुष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥
(२१६)
सम्झी झट्ट शकुन्तला नयनले "को हो" भनी सत्त्वर ।
हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥
के जित्थे सुरदेशका लघुपुरी त्यो मोहनी सुन्दर ।
बिर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥
(२१७)
प्रशंसा गरी नृत्यका बात धेर ।
गरी फर्किए भूप हाम्रा नुहेर ॥
बिदा भैगए आइहाल्यो विमान ।
झर्यो त्यो धरातर्फ गाएर गान ॥
(२१८)
परीले सबै गान गाएर हेरे !
झरे फूल माला त्यहाँ धेर बेर ॥
इशाराहरू गर्दथे देववर्ग ।
बिदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥
(२१९)