Page:Shakuntala.pdf/364: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
"यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग । | "यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग । | ||
मेरो वन्य बिहा भयौ कसुमको खानी फुलेको रँग ॥ | ::मेरो वन्य बिहा भयौ कसुमको खानी फुलेको रँग ॥ | ||
सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर । | सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर । | ||
बोल्थ्यो प्रेम बनी जगत् मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥ | ::बोल्थ्यो प्रेम बनी जगत् मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला । | 'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला । | ||
जिभ्ना झै कलकण्ठका मृदुलता मागी मर्यो कम्पित ॥ | ::जिभ्ना झै कलकण्ठका मृदुलता मागी मर्यो कम्पित ॥ | ||
फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन । | फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन । | ||
बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसारईकन ॥ | ::बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसारईकन ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
"घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी । | "घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी । | ||
मुस्कन्धे अलि लालरङ्घग कलिलो छाएर गाला भरी ॥ | ::मुस्कन्धे अलि लालरङ्घग कलिलो छाएर गाला भरी ॥ | ||
ती बोल्थिन् वन झै चरामय करा, मीठा सुराका कणा । | ती बोल्थिन् वन झै चरामय करा, मीठा सुराका कणा । | ||
मानो बैंस वसन्तमा र वनमा बास्ना बने झै घना ॥ | ::मानो बैंस वसन्तमा र वनमा बास्ना बने झै घना ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
आयो क्रुर तुषारको हुदयमा ठण्डा कडा विस्मृति । | आयो क्रुर तुषारको हुदयमा ठण्डा कडा विस्मृति । | ||
मेरो श्वास ननेर स्याँठ हिउँदे छाती चियो कोमल ॥ | ::मेरो श्वास ननेर स्याँठ हिउँदे छाती चियो कोमल ॥ | ||
ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा । | ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा । | ||
वैलिन् हाय ! कतै कतैतिर तिनी होलिन् रँदी मौनमा ॥ | ::वैलिन् हाय ! कतै कतैतिर तिनी होलिन् रँदी मौनमा ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
छातीका जलबाफ सर्र मनमा फैली रसाईकन । | छातीका जलबाफ सर्र मनमा फैली रसाईकन । | ||
ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन् रुँदी ॥ | ::ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन् रुँदी ॥ | ||
फुल्दा यौवन आश कुण्ठित भई घक्का परी निष्दुर । | फुल्दा यौवन आश कुण्ठित भई घक्का परी निष्दुर । | ||
घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥ | ::घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
कै ठानिन् शिव हाय हाय तिनले वल्ली बनी आउँधिन् । | कै ठानिन् शिव हाय हाय तिनले वल्ली बनी आउँधिन् । | ||
मृद्राले नव आशका विरहका दाना बिसाकै भनी ॥ | ::मृद्राले नव आशका विरहका दाना बिसाकै भनी ॥ | ||
मेरो करपना र आँधिहरुले ती जिल्ल आत्माकन । | मेरो करपना र आँधिहरुले ती जिल्ल आत्माकन । | ||
राखिस् दैव कहाँ ? बता अब ममा खोज्ने रोईकन ॥ | ::राखिस् दैव कहाँ ? बता अब ममा खोज्ने रोईकन ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:07, 26 May 2025
"यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग ।
मेरो वन्य बिहा भयौ कसुमको खानी फुलेको रँग ॥
सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर ।
बोल्थ्यो प्रेम बनी जगत् मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥
(५)
'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला ।
जिभ्ना झै कलकण्ठका मृदुलता मागी मर्यो कम्पित ॥
फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन ।
बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसारईकन ॥
(६)
"घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी ।
मुस्कन्धे अलि लालरङ्घग कलिलो छाएर गाला भरी ॥
ती बोल्थिन् वन झै चरामय करा, मीठा सुराका कणा ।
मानो बैंस वसन्तमा र वनमा बास्ना बने झै घना ॥
(७)
आयो क्रुर तुषारको हुदयमा ठण्डा कडा विस्मृति ।
मेरो श्वास ननेर स्याँठ हिउँदे छाती चियो कोमल ॥
ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा ।
वैलिन् हाय ! कतै कतैतिर तिनी होलिन् रँदी मौनमा ॥
(८)
छातीका जलबाफ सर्र मनमा फैली रसाईकन ।
ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन् रुँदी ॥
फुल्दा यौवन आश कुण्ठित भई घक्का परी निष्दुर ।
घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥
(९)
कै ठानिन् शिव हाय हाय तिनले वल्ली बनी आउँधिन् ।
मृद्राले नव आशका विरहका दाना बिसाकै भनी ॥
मेरो करपना र आँधिहरुले ती जिल्ल आत्माकन ।
राखिस् दैव कहाँ ? बता अब ममा खोज्ने रोईकन ॥
(१०)