Jump to content

Page:Shakuntala.pdf/294: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
आफ्नै खोजसमक्ष भै ननुझिने, सौन्दर्य बुझ्ने सब ।
आफ्नै खोजसमक्ष भै नबुझिने, सौन्दर्य बुझ्ने सब ।
::निस्सारै सब देखिने, सब कुरा फुम्रा हने वैभव ॥
::निस्सारै सब देखिने, सब कुरा फुस्रा हुने वैभव ॥
आँखा देख्छ तथापि दुष्टि नभई साराशमा शून्य छ ।
आँखा देख्छ तथापि दृष्टि नभई साराशमा शून्य छ ।
::हा ! उल्टो विधिको प्रपञ्चकटुता नीला अहो धन्य छ ॥
::हा ! उल्टो विधिको प्रपञ्चकटुता लीला अहो धन्य छ ॥
{{pcn|(११३)}}
{{pcn|(११३)}}


ती दौटा दिलका चकोर र शाशी प्रेमी चखेवा दुई ।
ती दोटा दिलका चकोर र शशी प्रेमी चखेवा दुई ।
::ती वल्ली तरु, ती अनङ्ग रति झै ती अङ्ग न्याना रुई ॥
::ती वल्ली तरु, ती अनङ्ग रति झैं ती अङ्ग न्याना रुई ॥
ती नानी ढकनी, कपोल बुक्वा ती रेवती चन्द्रमा ।
ती नानी ढकनी, कपोल बुकुवा ती रेवती चन्द्रमा ।
::ती खोजी सब रोजका परपरै टोह्लाउँदा छन्‌ यहाँ ॥
::ती खोजी सब रोजका परपरै टोह्लाउँदा छन्‌ यहाँ ॥
{{pcn|(११४)}}
{{pcn|(११४)}}


आशईचर्यान्वित गौतमी-नयन छन्‌ केही नभै उत्तर ।
आश्चर्यान्वित गौतमी-नयन छन्‌ केही नभै उत्तर ।
::खोजी रुन्छ त्यसै महाहृदयमा अल्पेर प्रत्युत्तर ॥
::खोजी रुन्छ त्यसै महाहृदयमा अल्पेर प्रत्युत्तर ॥
खाएतुल्य चटानमा पयरले ठूलो कतै ठक्कर ।
खाएतुल्य चटानमा पयरले ठूलो कतै ठक्कर ।
Line 19: Line 19:
{{pcn|(११५)}}
{{pcn|(११५)}}


गाँठी आउँछ भुक्भुकेर मुदुको पट्टै फुटे झैं गरी ।
गाँठो आउँछ भुक्भुकेर मुटुको पट्टै फुटे झैं गरी ।
::घाँटीसम्म पुगेर जान्छ दबिई आँखा गराई भरी ॥
::घाँटीसम्म पुगेर जान्छ दबिई आँखा गराई भरी ॥
"हेला हाय ! गरे मलाइ प्रियले स्वीकारसम्मन्‌ पनि ।
"हेला हाय ! गरे मलाइ प्रियले स्वीकारसम्मन्‌ पनि ।
::गर्दैनन्‌ शिव हाय ! क्रुर मनका कल्ले बनायौ" भनी ॥
::गर्दैनन्‌ शिव हाय ! क्रूर मनका कल्ले बनायो" भनी ॥
{{pcn|(११६)}}
{{pcn|(११६)}}


बारम्बार मृहारमा नजरका छड्के परीक्षा गरी ।
बारम्बार मुहारमा नजरका छड्के परीक्षा गरी ।
::झोक्िन्छन्‌ अनि सोच्दछन्‌ मनमनै बिर्से भने झै गरी ॥
::झोक्रिन्छन्‌ अनि सोच्दछन्‌ मनमनै बिर्से भने झैं गरी ॥
यो हौ नाटक बा अघोर कपटी या घोर हो विस्मृति'
यो हो नाटक वा अघोर कपटी या घोर हो विस्मृति ।
::भन्दै छक्क परिन्‌ र बर्बर गिरे गालाभरी दुःख ती ॥
::भन्दै छक्क परिन्‌ र बर्बर गिरे गालाभरी दुःख ती ॥
{{pcn|(११७)}}
{{pcn|(११७)}}


फर्किन्‌ पुछ्न फरक्क त्यो वदनको शोभा घुमाईकन ।
फर्किन्‌ पुछ्‌न फरक्क त्यो वदनको शोभा घुमाईकन ।
::लिन्छिन्‌ चादर छेउ क्यै उछलिई उप्साइ निःश्वासले ॥
::लिन्छिन्‌ चादर छेउ क्यै उछलिई उप्साइ निःश्वासले ॥
छोण्छिन्‌ फर्किनुले फुक्यो अझ अछ दाना सफा मौक्तिक ।
छोप्छिन्‌ फर्किनुले फुक्यो अझ अरू दाना सफा मौक्तिक ।
::पुच्छिन्‌ फेरि र घेँक्क हन्छ बिचरी रोक्छिन्‌ परी क्यै घक
::पुच्छिन्‌ फेरि र घुँक्क हुन्छ बिचरी रोक्छिन्‌ परी क्यै धक
{{pcn|(११८)}}
{{pcn|(११८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:49, 27 May 2025

This page has been proofread

आफ्नै खोजसमक्ष भै नबुझिने, सौन्दर्य बुझ्ने सब ।
निस्सारै सब देखिने, सब कुरा फुस्रा हुने वैभव ॥
आँखा देख्छ तथापि दृष्टि नभई साराशमा शून्य छ ।
हा ! उल्टो विधिको प्रपञ्चकटुता लीला अहो धन्य छ ॥
(११३)

ती दोटा दिलका चकोर र शशी प्रेमी चखेवा दुई ।
ती वल्ली तरु, ती अनङ्ग रति झैं ती अङ्ग न्याना रुई ॥
ती नानी ढकनी, कपोल बुकुवा ती रेवती चन्द्रमा ।
ती खोजी सब रोजका परपरै टोह्लाउँदा छन्‌ यहाँ ॥
(११४)

आश्चर्यान्वित गौतमी-नयन छन्‌ केही नभै उत्तर ।
खोजी रुन्छ त्यसै महाहृदयमा अल्पेर प्रत्युत्तर ॥
खाएतुल्य चटानमा पयरले ठूलो कतै ठक्कर ।
लाटो भै गहिराइबीच तमकी छन्‌ नेत्र मौनी तर ॥
(११५)

गाँठो आउँछ भुक्भुकेर मुटुको पट्टै फुटे झैं गरी ।
घाँटीसम्म पुगेर जान्छ दबिई आँखा गराई भरी ॥
"हेला हाय ! गरे मलाइ प्रियले स्वीकारसम्मन्‌ पनि ।
गर्दैनन्‌ शिव हाय ! क्रूर मनका कल्ले बनायो" भनी ॥
(११६)

बारम्बार मुहारमा नजरका छड्के परीक्षा गरी ।
झोक्रिन्छन्‌ अनि सोच्दछन्‌ मनमनै बिर्से भने झैं गरी ॥
यो हो नाटक वा अघोर कपटी या घोर हो विस्मृति ।
भन्दै छक्क परिन्‌ र बर्बर गिरे गालाभरी दुःख ती ॥
(११७)

फर्किन्‌ पुछ्‌न फरक्क त्यो वदनको शोभा घुमाईकन ।
लिन्छिन्‌ चादर छेउ क्यै उछलिई उप्साइ निःश्वासले ॥
छोप्छिन्‌ फर्किनुले फुक्यो अझ अरू दाना सफा मौक्तिक ।
पुच्छिन्‌ फेरि र घुँक्क हुन्छ बिचरी रोक्छिन्‌ परी क्यै धक ॥
(११८)