Page:Ritubichar.pdf/47: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 19: | Line 19: | ||
{{pcn|४७}} | {{pcn|४७}} | ||
बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली । | बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली । | ||
मूर्तिधारी तपस्वी | मूर्तिधारी तपस्वी झैँ झल्कन्छन् हिमका चुली ॥ | ||
{{pcn|४८}} | {{pcn|४८}} | ||
Line 31: | Line 31: | ||
{{pcn|५०}} | {{pcn|५०}} | ||
देखिन्छ अघिको भन्दा राम्रो कमल-संहति । | देखिन्छ अघिको भन्दा राम्रो कमल-संहति । | ||
चर्को विनाश-बेलाको बत्ती | चर्को विनाश-बेलाको बत्ती झैँ विमल-द्युति ॥ | ||
{{pcn|५१}} | {{pcn|५१}} |
Latest revision as of 08:35, 25 May 2025
४३
तेस्ता प्रचण्ड तेजस्वी सूर्यको त्यो अधोगति ।
देखी हृदयले भन्छ अभिमान नले रती ॥
४४
वर्षामा मेघले ज्यादा दबायेका दिवाकर ।
अत्यासले गलेछन् कि ? चलेछन् कि उँधोतिर ?
४५
धैर्यको शान्तिको दिव्य नमूना-तुल्य निश्चल ।
अघिभन्दा पनी ज्यादा उज्यालो छ हिमाचल ॥
४६
हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम ।
देखिन्छन् आत्म-विद्याका सिद्धान्त-सरि दुर्गम ॥
४७
बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली ।
मूर्तिधारी तपस्वी झैँ झल्कन्छन् हिमका चुली ॥
४८
हिमालका पखेरामा तलै लत्रे पयोधर ।
शिवका कटिको लम्बा बाघाम्बर-बराबर ॥
४९
निस्कँदा पद्मिनी-नाथ छिचोली मेघको वन ।
मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग भैकन ॥
५०
देखिन्छ अघिको भन्दा राम्रो कमल-संहति ।
चर्को विनाश-बेलाको बत्ती झैँ विमल-द्युति ॥
५१
थुँगा कमलका राम्रा देखिन्छन् पोखरी-भरी ।
आकण्ठ जलमा मग्न अप्सराका मुखै-सरी ॥