Page:Ritubichar.pdf/46: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 27: | Line 27: | ||
{{pcn|४०}} | {{pcn|४०}} | ||
शनैः शनैः फिका पारी अघिको तेजिलोपन । | शनैः शनैः फिका पारी अघिको तेजिलोपन । | ||
विप्र | विप्र झैँ दक्षिणाऽऽशामा लागे श्रीसूर्य लत्रन ॥ | ||
{{pcn|४१}} | {{pcn|४१}} |
Latest revision as of 08:32, 25 May 2025
This page has been validated
३४
नदीका जलले छोड्यो सारा बगर सुस्तरी ।
ज्ञानीका मनले तुच्छ भोगको वासना-सरी ॥
३५
चुल्ठो-समान लर्केकी नदीको मझ-धार छ ।
आनन्दी हंसको ताँती मानू सुन्दर हार छ ॥
३६
आखा-समान झल्कन्छ माछाको परिवर्तन ।
गहिरो भुमरी-रूप नाभि देखिन्छ शोभन ॥
३७
हलुका लहरी हात, गाना कलकल-ध्वनि ।
नचरी लाउँदै चल्छन् नदी सागर-गामिनी ॥
३८
शरत्का सङ्गले सङ्ले धमिला पोखरी सब ।
सत्सङ्गको सफा रङ्ग सबैमा पर्छ वास्तव ॥
३९
वृक्ष, पर्वत, आकाश गर्व सौन्दर्यको गरी ।
पानीमा हेर्न लागे कि आफनू मुख-माधुरी ?
४०
शनैः शनैः फिका पारी अघिको तेजिलोपन ।
विप्र झैँ दक्षिणाऽऽशामा लागे श्रीसूर्य लत्रन ॥
४१
कन्या-लङ्घन भो भन्ने सङ्कोचैले अलीकति ।
झुकेका हुन् कि लाचारी-साथ ती पद्मिनी-पति ?
४२
दिननाथै उँधो लत्रे, दिनको के कुरा छ र ?
जहाँ-सुकै पनी हुन्छ स्वामी-माफिक नोकर ॥