Page:Ritubichar.pdf/14: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 18: | Line 18: | ||
{{pcn|७४}} | {{pcn|७४}} | ||
अघिका वेद-विज्ञाता ऋषिको | अघिका वेद-विज्ञाता ऋषिको झैँ मनोहर । | ||
लाखौँ चराचुरुङ्गीको सुनिन्छ मधुर स्वर ॥ | |||
{{pcn|७५}} | {{pcn|७५}} |
Latest revision as of 12:00, 24 May 2025
७०
स्वर माधुर्यको तेस्तो किन्नरै-तुल्य कोइली ।
रूपमा लाजले हो कि बोल्छ राती झुलीझुली ॥
७१
कोकिल-स्वर त्यो सुन्दा संयमीहरुको पनि ।
डग्मगाउन चाहन्छ समाधि-मय जीवनी ॥
७२
कोइलीको कुहूकार सुन्यो राती जती जती ।
उती उती नयाँ लाग्छ यो सारा सृष्टि-पद्धति ॥
७३
कोइली कागको भेद बोलीबाटै खुल्यो सब ।
मौकामा गुण जाहेर नभई रहला कब ?
७४
अघिका वेद-विज्ञाता ऋषिको झैँ मनोहर ।
लाखौँ चराचुरुङ्गीको सुनिन्छ मधुर स्वर ॥
७५
कुनै काँकाँ, कुनै कुर्र, कुनै चिर चिरीरिरी ।
शब्द-सौन्दर्य-भण्डार खोली बोल्छन् थरी-थरी ॥
७६
पुष्प-पल्लवका साथै पक्षीको मोद मङ्गल ।
जुटनाले खुलेको छ नन्दनै-तुल्य जङ्गल ॥
७७
जुरेली, मुनियाँ, मैना, श्यामा, पट्टु, चिभे चरी ।
धोबिनी सब देखिन्छन् उडने रागिनी-सरी ॥
७८
मोहिनी तिनको बोली, मोहिनी भाव-भङ्गि छ ।
अङ्ग अङ्गविषे भिन्नै मोहिनी रङ्गिचङ्गि छ ॥