Jump to content

Page:Shakuntala.pdf/246: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
चडि अल्प्यो तर मृद्दम्‌ुखी सम्झनाले मलीन ।
चाँडै अल्प्यो तर मृदुमुखी सम्झनाले मलीन ।
::बन्छिन्‌ "जानै समय अब ता भो नब्रीकै" भनैर
::बन्छिन्‌ "जाने समय अब ता भो नजीकै" भनेर
आँखा दीटा अलि अलि गरी स्‌स्त आए रसाई ।
आँखा दोटा अलि अलि गरी सुस्त आए रसाई ।
::'बाबा !' भन्थिन्‌ "अब पर हँदा सम्भिनोस्‌ है मलाई ॥"
::'बाबा !' भन्थिन्‌ "अब पर हुँदा सम्झिनोस्‌ है मलाई ॥"
बली छैनन्‌ स्फुट अधरमा भावले भन्छ खालि ।
बोली छैनन्‌ स्फुट अधरमा भावले भन्छ खालि ।
::"घन्दा सुर्ता । नलिन्‌" आषिले नुभ्दछन्‌ दी जवाफ ॥
::"धन्दा सुर्ता नलिनु" ऋषिले बुझ्दछन्‌ दी जवाफ ॥
{{pcn|(५६)}}
{{pcn|(५६)}}


'बाबा' बोलिन्‌ "सखि पनि गए साथमा के हुँदैन
'बाबा' बोलिन्‌ "सखि पनि गए साथमा के हुँदैन ?
::एक्ली गस्दा मरुकस्‌म झै चित्तमा हुन्न चैन ॥
::एक्ली बस्दा मरुकुसुम झैं चित्तमा हुन्न चैन ॥
कँ गर्ने त्यो परघर गई ? एक आत्मीय छैन!
के गर्ने त्यो परघर गई ? एक आत्मीय छैन
::खे छ जस्ता क्षणहरु हने साथ कोही हुँदैन ॥
::रूँ रूँ जस्ता क्षणहरु हुने साथ कोही हुँदैन ॥"
अर्कै हन्छन्‌ परघर कतै यी सँगी ता विभिन्न ।
"अर्कै हुन्छन्‌ परघर कतै यी सँगी ता विभिन्न ।
::तिम्रा साथी हुन समयले आजको रोज दिश्र
::तिम्रा साथी हुन समयले आजको रोज दिन्न
आफ्ना आफ्ना घरकन नबुझी भाग्यको एक विश्व ।
आफ्ना आफ्ना घरकन बुझी भाग्यको एक विश्व ।
::नारी बन्छन्‌ सखिहरु अरू ठाउँमा यो अवश्य ॥"
::नारी बन्छन्‌ सखिहरु अरू ठाउँमा यो अवश्य ॥"
{{pcn|(५७)}}
{{pcn|(५७)}}


भन्ने सुन्दा सजलनयनी हेर्दछिन्‌ दुःखसाथ ।
भन्ने सुन्दा सजलनयनी हेर्दछिन्‌ दुःखसाथ ।
::द्‌ःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥
::दुःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥
"बन्नेपर्ने परवश हरे ! हाय लाचार कर्म ।"
"बन्नैपर्ने परवश हरे ! हाय ! लाचार कर्म ।"
::जस्ता मीठा विरहहरुको नुभदछिन्‌ चारु मर्म ॥
::जस्ता मीठा विरहहरुको बुझ्दछिन्‌ चारु मर्म ॥
{{pcn|(५८)}}
{{pcn|(५८)}}


सम्झी राखे सखि ! पर हँदा" भन्दछिन्‌ चट्ट चारु ।
"सम्झी राखे सखि ! पर हुँदा" भन्दछिन्‌ चट्ट चारु ।
::सेता दाढी प्रवर तपका भित्र पस्दा कटीमा
::सेता दाढी प्रवर तपका भित्र पस्दा कुटीमा
प॒जा गछौँ सखिहरु मिली पृष्पले कामलाई ।
"पूजा गर्छौँ सखिहरु मिली पुष्पले कामलाई ।
::आई भन्ला पवन क्रतुको केश तिम्रो समाई ॥
::आई भन्ला पवन ऋतुको केश तिम्रो समाई ॥
ट्च्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।"
इच्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।"
{{pcn|(५९)}}
{{pcn|(५९)}}


स्‌न्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट
सुन्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट
::पर्दा जस्तो चदर पतलाको कनामा रँगीन ॥
::पर्दा जस्तो चदर पतलाको कुनामा रँगीन ॥
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन्‌ निमेष
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन्‌ निमेष-
::सम्मन्‌ प्यारा युवतिहरु्का ओठ मुस्काउनाले ॥
::सम्मन्‌ प्यारा युवतिहरुका ओठ मुस्काउनाले ॥
{{pcn|(६०)}}
{{pcn|(६०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:06, 18 May 2025

This page has been proofread

चाँडै अल्प्यो तर मृदुमुखी सम्झनाले मलीन ।
बन्छिन्‌ "जाने समय अब ता भो नजीकै" भनेर ॥
आँखा दोटा अलि अलि गरी सुस्त आए रसाई ।
'बाबा !' भन्थिन्‌ "अब पर हुँदा सम्झिनोस्‌ है मलाई ॥"
बोली छैनन्‌ स्फुट अधरमा भावले भन्छ खालि ।
"धन्दा सुर्ता नलिनु" ऋषिले बुझ्दछन्‌ दी जवाफ ॥
(५६)

'बाबा' बोलिन्‌ "सखि पनि गए साथमा के हुँदैन ?
एक्ली बस्दा मरुकुसुम झैं चित्तमा हुन्न चैन ॥
के गर्ने त्यो परघर गई ? एक आत्मीय छैन ।
रूँ रूँ जस्ता क्षणहरु हुने साथ कोही हुँदैन ॥"
"अर्कै हुन्छन्‌ परघर कतै यी सँगी ता विभिन्न ।
तिम्रा साथी हुन समयले आजको रोज दिन्न ॥
आफ्ना आफ्ना घरकन बुझी भाग्यको एक विश्व ।
नारी बन्छन्‌ सखिहरु अरू ठाउँमा यो अवश्य ॥"
(५७)

भन्ने सुन्दा सजलनयनी हेर्दछिन्‌ दुःखसाथ ।
दुःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥
"बन्नैपर्ने परवश हरे ! हाय ! लाचार कर्म ।"
जस्ता मीठा विरहहरुको बुझ्दछिन्‌ चारु मर्म ॥
(५८)

"सम्झी राखे सखि ! पर हुँदा" भन्दछिन्‌ चट्ट चारु ।
सेता दाढी प्रवर तपका भित्र पस्दा कुटीमा ॥
"पूजा गर्छौँ सखिहरु मिली पुष्पले कामलाई ।
आई भन्ला पवन ऋतुको केश तिम्रो समाई ॥
इच्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।"
(५९)

सुन्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट
पर्दा जस्तो चदर पतलाको कुनामा रँगीन ॥
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन्‌ निमेष-
सम्मन्‌ प्यारा युवतिहरुका ओठ मुस्काउनाले ॥
(६०)