Page:Shakuntala.pdf/245: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
नारीको | नारीको हो धन विनय नै, एक सौन्दर्य खासा । | ||
::आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥ | ::आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥ | ||
बत्ती | बत्ती बन्नू तिमिर नहुनू छर्नु आनन्द ज्योति । | ||
:: | ::दुःखैमा नै मधुर मुखकी धैर्यकी दीप बन्नू ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
काँढा | काँढा हुन्छन् कुसुमहरुमा एक नारी प्रसून । | ||
::सच्चा | ::सच्चा जो हो मधुर मुखकी शूलले भै विहीन ॥ | ||
ज्योत्स्ता | ज्योत्स्ता जस्ती महल घरमा दिव्य बास्ना फिँजेर । | ||
:: | ::दुःखैलाई पनि सुख गरी बस्दछे झन् उ हेर ! | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
बोली चाँडै परुषपनले झट्ट फर्काउनाले । | बोली चाँडै परुषपनले झट्ट फर्काउनाले । | ||
:: | ::काँढा बिझ्छन् हृदयहरुमा पर्दछन् नित्य उल्का ॥ | ||
मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले । | मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले । | ||
::क्रोधी निभ्छन् नरमपनले लाज मान्छे रिसानी ॥ | ::क्रोधी निभ्छन् नरमपनले लाज मान्छे रिसानी ॥ | ||
{{pcn|(५२)}} | {{pcn|(५२)}} | ||
चर्चा ज्यादा अटपट | चर्चा ज्यादा अटपट कुरामा नगर्नू चिहाई । | ||
::ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥ | ::ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥ | ||
बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा । | बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा । | ||
:: | ::आनन्दैको धन बटुलिने गेहको ज्ञान सारा ॥ | ||
{{pcn|(५३)}} | {{pcn|(५३)}} | ||
नारीको हो सुख गृह, कला सूक्ष्ममा सूक्ष्म जान । | |||
हाँगा हाली | आनन्दै नै हँसमुख सदा फैलिने भै प्रधान ॥ | ||
हाँगा हाली सुखहरु फुली वल्लरीतुल्य नाता । | |||
::फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥" | ::फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥" | ||
{{pcn|(५४)}} | {{pcn|(५४)}} | ||
यस्ता सुन्दा वचन गहिरा नेत्र | यस्ता सुन्दा वचन गहिरा नेत्र कद्थे सुनेर । | ||
::"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ | ::"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्थ्यो ॥ | ||
"पाए ठूलो पद कुशल होस् लाख सेवा मिलेर । | "पाए ठूलो पद कुशल होस् लाख सेवा मिलेर । | ||
::रानी | ::रानी होऊ त्रिभुवन सुखी पार्न राम्री बनेर ॥" | ||
भन्दा | भन्दा केही रँग वदनमा छिप्न खोजी प्रकाश । | ||
::पाई उठ्दो | ::पाई उठ्दो कुसुमहरुमा झैं भयो लास-भास ॥ | ||
{{pcn|(५५)}} | {{pcn|(५५)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:57, 18 May 2025
नारीको हो धन विनय नै, एक सौन्दर्य खासा ।
आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥
बत्ती बन्नू तिमिर नहुनू छर्नु आनन्द ज्योति ।
दुःखैमा नै मधुर मुखकी धैर्यकी दीप बन्नू ॥
(५०)
काँढा हुन्छन् कुसुमहरुमा एक नारी प्रसून ।
सच्चा जो हो मधुर मुखकी शूलले भै विहीन ॥
ज्योत्स्ता जस्ती महल घरमा दिव्य बास्ना फिँजेर ।
दुःखैलाई पनि सुख गरी बस्दछे झन् उ हेर !
(५१)
बोली चाँडै परुषपनले झट्ट फर्काउनाले ।
काँढा बिझ्छन् हृदयहरुमा पर्दछन् नित्य उल्का ॥
मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले ।
क्रोधी निभ्छन् नरमपनले लाज मान्छे रिसानी ॥
(५२)
चर्चा ज्यादा अटपट कुरामा नगर्नू चिहाई ।
ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥
बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा ।
आनन्दैको धन बटुलिने गेहको ज्ञान सारा ॥
(५३)
नारीको हो सुख गृह, कला सूक्ष्ममा सूक्ष्म जान ।
आनन्दै नै हँसमुख सदा फैलिने भै प्रधान ॥
हाँगा हाली सुखहरु फुली वल्लरीतुल्य नाता ।
फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥"
(५४)
यस्ता सुन्दा वचन गहिरा नेत्र कद्थे सुनेर ।
"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्थ्यो ॥
"पाए ठूलो पद कुशल होस् लाख सेवा मिलेर ।
रानी होऊ त्रिभुवन सुखी पार्न राम्री बनेर ॥"
भन्दा केही रँग वदनमा छिप्न खोजी प्रकाश ।
पाई उठ्दो कुसुमहरुमा झैं भयो लास-भास ॥
(५५)