Jump to content

Page:Shakuntala.pdf/241: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
नत्तीहरू हुन्‌ सन रूपवाली ।
बत्तीहरू हुन्‌ सब रूपवाली ।
::घप्की रहैका मृदु सत्य बाली ॥
::धप्की रहेका मृदु सत्य बाली ॥
धूवाँ त्यहाँ सुन्दर छन्‌ कपाल ।
धूवाँ त्यहाँ सुन्दर छन्‌ कपाल ।
::तुवास नै बैंस, सजीव चाल ॥
::सुवास नै बैंस, सजीव चाल ॥
{{pcn|(२७)}}
{{pcn|(२७)}}


तताइए हात भएर लाल ।
तताइए हात भएर लाल ।
::सुक्दै गए थुर्धुर अङ्ग राम्रा ॥
::सुक्दै गए थुर्थुर अङ्ग राम्रा ॥
रम्भोरुले वल्कल सेक्न लागे ।
रम्भोरुले वल्कल सेक्न लागे ।
::दिनेशाा डाहा ततिएर जागे ॥
::दिनेश डाहा ततिएर जागे ॥
{{pcn|(२८)}}
{{pcn|(२८)}}


Line 20: Line 20:


सिँगार पार्ने अब भो तयारी ।
सिँगार पार्ने अब भो तयारी ।
::ऐना बनाई जलप-पत्र भारी ॥
::ऐना बनाई जल-पत्र भारी ॥
कोरे त्यहाँ रेशमतुल्य केश ।
कोरे त्यहाँ रेशमतुल्य केश ।
::लौ काइयाले अन हेर नेस
::लौ काइँयाले अब हेर बेस
{{pcn|(३०)}}
{{pcn|(३०)}}


Line 32: Line 32:


ती केश लामा त्यसरी छुँदामा ।
ती केश लामा त्यसरी छुँदामा ।
::छन्‌ भूब्च चिल्ला रँग टल्किदामा
::छन्‌ भृङ्ग चिल्ला रँग टल्किँदामा
नितम्ब हुन्छन्‌ लहरे र लामा ।
नितम्ब हुन्छन्‌ लहरे र लामा ।
::न तौल लिन्छन्‌ हलुका हुँदामा ॥
::न तौल लिन्छन्‌ हलुका हुँदामा ॥

Latest revision as of 18:46, 18 May 2025

This page has been proofread

बत्तीहरू हुन्‌ सब रूपवाली ।
धप्की रहेका मृदु सत्य बाली ॥
धूवाँ त्यहाँ सुन्दर छन्‌ कपाल ।
सुवास नै बैंस, सजीव चाल ॥
(२७)

तताइए हात भएर लाल ।
सुक्दै गए थुर्थुर अङ्ग राम्रा ॥
रम्भोरुले वल्कल सेक्न लागे ।
दिनेश डाहा ततिएर जागे ॥
(२८)

हाँसी प्रसन्ना सुख-वल्कला ती ।
फुली उज्याला मुखमा गुलाफ ॥
सुवास वार्तासित कण्ठ-डाँठ ।
हिलेर चल्छन्‌ वनका हवामा ॥
(२९)

सिँगार पार्ने अब भो तयारी ।
ऐना बनाई जल-पत्र भारी ॥
कोरे त्यहाँ रेशमतुल्य केश ।
लौ काइँयाले अब हेर बेस ॥
(३०)

फेटेर पानीसित तेललाई ।
टलक्क पारीकन केशलाई ॥
चिल्ला दुवै हात सरक्क पारी ।
प्रियम्वदा छन्‌ रहँदी मुसारी ॥
(३१)

ती केश लामा त्यसरी छुँदामा ।
छन्‌ भृङ्ग चिल्ला रँग टल्किँदामा ॥
नितम्ब हुन्छन्‌ लहरे र लामा ।
न तौल लिन्छन्‌ हलुका हुँदामा ॥
(३२)