Page:Tarun tapasi.pdf/130: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
बिहानैको चीसो पवन बहनाले सिरिसिरी | बिहानैको चीसो पवन बहनाले सिरिसिरी | ||
::खुल्यो आँखा, | ::खुल्यो आँखा, देखेँ सबतिर उज्यालो मिरिमिरी । | ||
उही चौकीमाथी विजन पथको त्यै रुखमनि | उही चौकीमाथी विजन पथको त्यै रुखमनि | ||
:: | ::रहेँछू त्यै कापी, कलमहरुकै साथ म पनि ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
उदेकायेँ, फेरी उपरतिर हेरेँ टुलुटुलु | |||
::अहो हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु । | ::अहो ! हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु । | ||
बिलायो त्यो कालो सकल अघिको | बिलायो त्यो कालो सकल अघिको संशय-निशा | ||
::रँगायेको | ::रँगायेको देखेँ तप र तपसीले दश दिशा ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} |
Revision as of 13:22, 14 June 2025
This page has been proofread
२४
बिहानैको चीसो पवन बहनाले सिरिसिरी
खुल्यो आँखा, देखेँ सबतिर उज्यालो मिरिमिरी ।
उही चौकीमाथी विजन पथको त्यै रुखमनि
रहेँछू त्यै कापी, कलमहरुकै साथ म पनि ॥
२५
उदेकायेँ, फेरी उपरतिर हेरेँ टुलुटुलु
अहो ! हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु ।
बिलायो त्यो कालो सकल अघिको संशय-निशा
रँगायेको देखेँ तप र तपसीले दश दिशा ॥
२६
विजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य,
उस तरुवरको त्यो फेदको वास धन्य ।
अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य
सतत मनन उस्को गर्छ जो, त्यो छ धन्य ॥