Page:Tarun tapasi.pdf/127: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
हुरी, | हुरी, आँधी-ब्यारी, विकट हिम-वर्षा र असिना | ||
::कडा लूको धक्का, तरतर लगातार पसिना । | ::कडा लूको धक्का, तरतर लगातार पसिना । | ||
सहन्छन् सम्झन्छन् उस कठिनताको परिणति | सहन्छन् सम्झन्छन् उस कठिनताको परिणति | ||
Line 10: | Line 10: | ||
सदा त्यो निस्स्वार्थी व्रत नियम थामी अटल भै | सदा त्यो निस्स्वार्थी व्रत नियम थामी अटल भै | ||
::रही ठाडै नङ्गा किसिमसँग ती बान्धव सबै । | ::रही ठाडै नङ्गा किसिमसँग ती बान्धव सबै । | ||
सहन्छन् जो चर्को | सहन्छन् जो चर्को तप-विषयको कष्ट कसला | ||
::कठै उस्को दिन्छन् प्रतिफल | ::कठै ! उस्को दिन्छन् प्रतिफल करौँती र बसिला ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
गरी कब्जा लोहाउपर उसका शस्त्र ननिका | गरी कब्जा लोहाउपर उसका शस्त्र ननिका | ||
::निकाली त्यैद्वारा | ::निकाली त्यैद्वारा तप-कुसुमका मञ्जु कलिका । | ||
जथाभावी तोड्दै | जथाभावी तोड्दै मनुज-कुल सर्वत्र छरियो | ||
::अबादीको चारैतिर चहकिलो रङ्ग भरियो ॥ | ::अबादीको चारैतिर चहकिलो रङ्ग भरियो ॥ | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
त्यही बढ्दो चढ्दो मनुजहरुको | त्यही बढ्दो चढ्दो मनुजहरुको रङग्-रसमा | ||
::गयो डुब्दै डुब्दै विपुल कुलको | ::गयो डुब्दै डुब्दै विपुल कुलको वृद्धि-सुषमा । | ||
रहे बाँकी थोरै, हरकिसिमको | रहे बाँकी थोरै, हरकिसिमको छेदन-विधि | ||
::खडा भो, साथै त्यो नगिच नगिचै | ::खडा भो, साथै त्यो नगिच नगिचै मृत्यु-परिधि ॥ | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
ठुला सोझा सोझा जरठ तपसी बान्धवहरू | ठुला सोझा सोझा जरठ तपसी बान्धवहरू | ||
::कटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु । | ::कटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु । | ||
रुँदैछन्, ढल्दैछन् उपकरण | रुँदैछन्, ढल्दैछन् उपकरण लाखौँ थरि बनी | ||
::जगत्को गर्दैछन् हरकिसिमले मङ्गल पनि ॥ | ::जगत्को गर्दैछन् हरकिसिमले मङ्गल पनि ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
कसैका देखिन्छन् शिर विकट नङ्गा र मुडुला | कसैका देखिन्छन् शिर विकट नङ्गा र मुडुला | ||
::कसैका काटिन्छन् कटकट कठै हात डुँडुला । | ::कसैका काटिन्छन् कटकट कठै ! हात डुँडुला । | ||
कसैका ताछिन्छन् कमर, बिचरा रक्तमय छन् | कसैका ताछिन्छन् कमर, बिचरा रक्तमय छन् | ||
::तपस्या त्यो कत्रो ? तदपि सब आनन्दमय छन् ॥ | ::तपस्या त्यो कत्रो ? तदपि सब आनन्दमय छन् ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 13:13, 14 June 2025
१२
हुरी, आँधी-ब्यारी, विकट हिम-वर्षा र असिना
कडा लूको धक्का, तरतर लगातार पसिना ।
सहन्छन् सम्झन्छन् उस कठिनताको परिणति
तपस्वीको एकै व्रत छ दुनियाँको उपकृति ॥
१३
सदा त्यो निस्स्वार्थी व्रत नियम थामी अटल भै
रही ठाडै नङ्गा किसिमसँग ती बान्धव सबै ।
सहन्छन् जो चर्को तप-विषयको कष्ट कसला
कठै ! उस्को दिन्छन् प्रतिफल करौँती र बसिला ॥
१४
गरी कब्जा लोहाउपर उसका शस्त्र ननिका
निकाली त्यैद्वारा तप-कुसुमका मञ्जु कलिका ।
जथाभावी तोड्दै मनुज-कुल सर्वत्र छरियो
अबादीको चारैतिर चहकिलो रङ्ग भरियो ॥
१५
त्यही बढ्दो चढ्दो मनुजहरुको रङग्-रसमा
गयो डुब्दै डुब्दै विपुल कुलको वृद्धि-सुषमा ।
रहे बाँकी थोरै, हरकिसिमको छेदन-विधि
खडा भो, साथै त्यो नगिच नगिचै मृत्यु-परिधि ॥
१६
ठुला सोझा सोझा जरठ तपसी बान्धवहरू
कटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु ।
रुँदैछन्, ढल्दैछन् उपकरण लाखौँ थरि बनी
जगत्को गर्दैछन् हरकिसिमले मङ्गल पनि ॥
१७
कसैका देखिन्छन् शिर विकट नङ्गा र मुडुला
कसैका काटिन्छन् कटकट कठै ! हात डुँडुला ।
कसैका ताछिन्छन् कमर, बिचरा रक्तमय छन्
तपस्या त्यो कत्रो ? तदपि सब आनन्दमय छन् ॥