Jump to content

Page:Tarun tapasi.pdf/123: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 14: Line 14:


{{pcn|३२}}
{{pcn|३२}}
चितामा चित् खाई चटचट गरी देहममता
चितामा चित् खाई चटचट गरी देह-ममता
::डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता ।
::डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता ।
लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली
लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली
::विधाताको कालो विलयविधि हाँस्यो हिलिहिली ॥
::विधाताको कालो विलय-विधि हाँस्यो हिलिहिली ॥


{{pcn|३३}}
{{pcn|३३}}
दुखी जाँदा हाँस्यो सहजसुख वा शान्ति अभय
दुखी जाँदा हाँस्यो सहज-सुख वा शान्ति अभय
::सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय ।
::सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय ।
दुवैको एकै हो विलय, तर हाँसो फरक भो
दुवैको एकै हो विलय, तर हाँसो फरक भो
Line 26: Line 26:


{{pcn|३४}}
{{pcn|३४}}
म हाँसेको, हाँसोमय छ सबको जन्मनिधन
म हाँसेको, हाँसोमय छ सबको जन्म-निधन
::नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ ।
::नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ ।
गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि
गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि
::जगद्व्यापी हाँस्यो मुसुमुसु चिदाऽऽनन्दजलधि
::जगद्व्यापी हाँस्यो मुसुमुसु चिदाऽऽनन्द-जलधि


{{pcn|३५}}
{{pcn|३५}}
कठै त्यो वेलामा उभय गुरुचेला सँग थियौं
कठै ! त्यो वेलामा उभय गुरु-चेला सँग थियौँ
::पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौं
::पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौँ
म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा
म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा
::रहे चित्तै हाँसी अतुल परमाऽऽनन्दमदमा
::रहे चित्तै हाँसी अतुल परमाऽऽनन्द-मदमा
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 13:01, 14 June 2025

This page has been proofread

३०
चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति
सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति ।
धुवाँ हाँस्तै दौड्यो, वितत पथ हाँस्यो गगनको
खरानी झन् हाँस्यो, मुख मलिन पारी पवनको ॥

३१
चिताको चौतर्फी करुण बिलनाको वश परी
छिनेको मोतीको लहर सरि आँशू बरबरी ।
झरी हाँसे, हाँस्यो विरह बिचरो बन्धुजनको
रुवाबासी साथै हिलिहिलि गर्यो मोह मनको ॥

३२
चितामा चित् खाई चटचट गरी देह-ममता
डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता ।
लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली
विधाताको कालो विलय-विधि हाँस्यो हिलिहिली ॥

३३
दुखी जाँदा हाँस्यो सहज-सुख वा शान्ति अभय
सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय ।
दुवैको एकै हो विलय, तर हाँसो फरक भो
कसैको त्यै हाँसो सुरपुर, कसैको नरक भो ॥

३४
म हाँसेको, हाँसोमय छ सबको जन्म-निधन
नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ ।
गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि
जगद्व्यापी हाँस्यो मुसुमुसु चिदाऽऽनन्द-जलधि ॥

३५
कठै ! त्यो वेलामा उभय गुरु-चेला सँग थियौँ
पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौँ ।
म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा
रहे चित्तै हाँसी अतुल परमाऽऽनन्द-मदमा ॥