Page:Tarun tapasi.pdf/118: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
::मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली । | ::मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली । | ||
उता हाँस्तैं निस्क्यो गगनतल नीलो खितितिति | उता हाँस्तैं निस्क्यो गगनतल नीलो खितितिति | ||
:: | ::मिहीँ उस्को हाँसो बुझन कुन शक्ला सितिमिति ? | ||
{{pcn|४}} | {{pcn|४}} | ||
कठै तेही रित्तो गगनतल सिंहासन गरी | कठै ! तेही रित्तो गगनतल सिंहासन गरी | ||
::नभोगङ्गा हाँसिन् हरतरहका साधन भरी । | ::नभोगङ्गा हाँसिन् हरतरहका साधन भरी । | ||
उता सुस्तै नीलो गगनपथमा निर्भय पसी | उता सुस्तै नीलो गगनपथमा निर्भय पसी | ||
Line 16: | Line 16: | ||
तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरी | तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरी | ||
::हँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी । | ::हँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी । | ||
यता पृथ्वी हाँसिन् | यता पृथ्वी हाँसिन् जलधि-घट काखीबिच धरी | ||
::पनेर्नी जस्ती भै | ::पनेर्नी जस्ती भै घुमि-घुमि लगायेर नचरी ॥ | ||
{{pcn|६}} | {{pcn|६}} | ||
Line 32: | Line 32: | ||
{{pcn|८}} | {{pcn|८}} | ||
अहा त्यै वेलामा | अहा ! त्यै वेलामा तरुण-घन-लीलावश परी | ||
::परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी । | ::परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी । | ||
उसैको छातीमा लुटुपुटु परी निर्भर ढली | उसैको छातीमा लुटुपुटु परी निर्भर ढली |
Revision as of 12:47, 14 June 2025
३
विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली
मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली ।
उता हाँस्तैं निस्क्यो गगनतल नीलो खितितिति
मिहीँ उस्को हाँसो बुझन कुन शक्ला सितिमिति ?
४
कठै ! तेही रित्तो गगनतल सिंहासन गरी
नभोगङ्गा हाँसिन् हरतरहका साधन भरी ।
उता सुस्तै नीलो गगनपथमा निर्भय पसी
सबै हाँस्तै दौडे ग्रहगण र तारा, रवि, शशी ॥
५
तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरी
हँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी ।
यता पृथ्वी हाँसिन् जलधि-घट काखीबिच धरी
पनेर्नी जस्ती भै घुमि-घुमि लगायेर नचरी ॥
६
निशा हाँसी कालो वसन तमको चट्ट पहिरी
लुकामारी खेल्दै दिनसँग बडो कौतुक गरी ।
दगुर्दा गर्मायो दिवस, तर हाँस्यो हिलिलिली
निहारी सन्ध्याको अरुण सुखशय्या मखमली ॥
७
लबर्पांडे कालो तरुण रसिलो बादल पनि
तमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी ।
ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनी
जथाभावी हाँस्यो सबतिर गर्यो आँखमिचनी ॥
८
अहा ! त्यै वेलामा तरुण-घन-लीलावश परी
परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी ।
उसैको छातीमा लुटुपुटु परी निर्भर ढली
मजा मानी मानू प्रणयसित हाँसी हिलिलिली ॥