Jump to content

Page:Tarun tapasi.pdf/109: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
विवेकी नेताको नगिच दुनियाँको मन सरी
विवेकी नेताको नगिच दुनियाँको मन सरी
::पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी ।
::पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी ।
वहाँ हेर्दाहेर्दै हृदयदहमा लाखन थरी
वहाँ हेर्दाहेर्दै हृदय-दहमा लाखन थरी
::उठे उत्प्रेक्षाका अति सरल सङ्कल्पलहरी
::उठे उत्प्रेक्षाका अति सरल सङ्कल्प-लहरी


{{pcn|१९}}
{{pcn|१९}}
बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली
बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली
::सफा तेही डल्लो अमृतकरका साबुन दली ।
::सफा तेही डल्लो अमृत-करका साबुन दली ।
चुहाई चौतर्फी अमृतरसधारा तरतरी
चुहाई चौतर्फी अमृत-रसधारा तरतरी
::नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी ?
::नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी ?


Line 20: Line 20:


{{pcn|२१}}
{{pcn|२१}}
स्वयं गोता मारी अमरतटिनीमा दिनभरी
स्वयं गोता मारी अमर-तटिनीमा दिनभरी
::किनारामा उत्री किरणफुहरामा जल भरी ।
::किनारामा उत्री किरण-फुहरामा जल भरी ।
पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी
पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी
::बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी ?
::बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी ?


{{pcn|२२}}
{{pcn|२२}}
बनायो कस्ले त्यो रजतघट ? पीयूष उसमा
बनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमा
::भर्यो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ?
::भर्यो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ?
कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ?
कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ?
Line 34: Line 34:
अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा
अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा
::थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा ।
::थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा ।
अहो त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
::चलेका छन ऐले भुवनभर गोरोचन घसी ॥
::चलेका छन ऐले भुवनभर गोरोचन घसी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 16:58, 13 June 2025

This page has been proofread

१८
विवेकी नेताको नगिच दुनियाँको मन सरी
पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी ।
वहाँ हेर्दाहेर्दै हृदय-दहमा लाखन थरी
उठे उत्प्रेक्षाका अति सरल सङ्कल्प-लहरी ॥

१९
बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली
सफा तेही डल्लो अमृत-करका साबुन दली ।
चुहाई चौतर्फी अमृत-रसधारा तरतरी
नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी ?

२०
जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमा
फराकीलो नीलो गगनमय चट्टानबिचमा ।
फुकाली राखेका सब चहकिला भूषण सरी
थिये झिल्के तारा उस बखत सारा वरिपरि ॥

२१
स्वयं गोता मारी अमर-तटिनीमा दिनभरी
किनारामा उत्री किरण-फुहरामा जल भरी ।
पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी
बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी ?

२२
बनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमा
भर्यो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ?
कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ?
कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥

२३
अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा
थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा ।
अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
चलेका छन ऐले भुवनभर गोरोचन घसी ॥