Page:Tarun tapasi.pdf/105: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
न ता शङ्का, सुर्ता, भय, | न ता शङ्का, सुर्ता, भय, विरह-बाधा छ उनमा | ||
::न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा । | ::न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा । | ||
न देखिन्थ्यो | न देखिन्थ्यो काहीँ कटु वचनले दूषित गला | ||
::अहा कस्तो राम्रो अमृतमय त्यो | ::अहा ! कस्तो राम्रो अमृतमय त्यो जीवन-कला ॥ | ||
{{pcn|३४}} | {{pcn|३४}} | ||
त्यहाँको त्यो दैवी गुणमधुरिमाको चहकमा | त्यहाँको त्यो दैवी गुणमधुरिमाको चहकमा | ||
::फसेको यो मेरो नयन मनमोजी बहकमा । | ::फसेको यो मेरो नयन मनमोजी बहकमा । | ||
भयो घुम्दाघुम्दै उस बखत | भयो घुम्दाघुम्दै उस बखत आश्चर्य-चकित | ||
::जसै देख्यो ढोकाउपर कविता निम्नलिखित ॥ | ::जसै देख्यो ढोकाउपर कविता निम्नलिखित ॥ | ||
{{pcn|३५}} | {{pcn|३५}} | ||
धरित्रीमा सत्य, श्रम र पसिनाको भर परी | "धरित्रीमा सत्य, श्रम र पसिनाको भर परी | ||
::तपस्या जो गर्छन् सरल मनले जीवनभरी । | ::तपस्या जो गर्छन् सरल मनले जीवनभरी । | ||
तिनैको त्यै सत्य, श्रम र | तिनैको त्यै सत्य, श्रम र पसिना-रूप तपको | ||
::चिरस्थायी यै हो परिणति उज्यालो गजबको ॥ | ::चिरस्थायी यै हो परिणति उज्यालो गजबको ॥ | ||
Line 23: | Line 23: | ||
::पियेका छन् जस्ले मुफत, अरुका उष्ण पसिना । | ::पियेका छन् जस्ले मुफत, अरुका उष्ण पसिना । | ||
यहाँ त्यस्ता दम्भी पुरुष धरणीका धनपति | यहाँ त्यस्ता दम्भी पुरुष धरणीका धनपति | ||
::कुनै छैनन्, ज्यादै तल छ तिनको गर्हित गति ॥ | ::कुनै छैनन्, ज्यादै तल छ तिनको गर्हित गति ॥" | ||
{{pcn|३७}} | {{pcn|३७}} | ||
पढी त्यो ढोकाको सरल खँदिलो श्लोकयुगल | पढी त्यो ढोकाको सरल खँदिलो श्लोकयुगल | ||
::उदेकाई केही समयतक फेरी तल तल । | ::उदेकाई केही समयतक फेरी तल तल । | ||
म फर्कें, | म फर्कें, फर्कायेँ नयन, तर त्यो दिव्य नगरी | ||
::रह्यो मेरो भित्री हृदयपटमा चित्रित सरी ॥ | ::रह्यो मेरो भित्री हृदयपटमा चित्रित सरी ॥ | ||
Line 35: | Line 35: | ||
::मसँग सब बताई भित्र अर्कै विचार । | ::मसँग सब बताई भित्र अर्कै विचार । | ||
लिइ मुनि बनिहाले मौन भावैक धाम | लिइ मुनि बनिहाले मौन भावैक धाम | ||
::म पनि मनन त्यस्को गर्न | ::म पनि मनन त्यस्को गर्न लागेँ तमाम ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 15:30, 13 June 2025
३३
न ता शङ्का, सुर्ता, भय, विरह-बाधा छ उनमा
न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा ।
न देखिन्थ्यो काहीँ कटु वचनले दूषित गला
अहा ! कस्तो राम्रो अमृतमय त्यो जीवन-कला ॥
३४
त्यहाँको त्यो दैवी गुणमधुरिमाको चहकमा
फसेको यो मेरो नयन मनमोजी बहकमा ।
भयो घुम्दाघुम्दै उस बखत आश्चर्य-चकित
जसै देख्यो ढोकाउपर कविता निम्नलिखित ॥
३५
"धरित्रीमा सत्य, श्रम र पसिनाको भर परी
तपस्या जो गर्छन् सरल मनले जीवनभरी ।
तिनैको त्यै सत्य, श्रम र पसिना-रूप तपको
चिरस्थायी यै हो परिणति उज्यालो गजबको ॥
३६
गरी झुट्टा, बाङ्गा, छल, कपट वा जाल बहना
पियेका छन् जस्ले मुफत, अरुका उष्ण पसिना ।
यहाँ त्यस्ता दम्भी पुरुष धरणीका धनपति
कुनै छैनन्, ज्यादै तल छ तिनको गर्हित गति ॥"
३७
पढी त्यो ढोकाको सरल खँदिलो श्लोकयुगल
उदेकाई केही समयतक फेरी तल तल ।
म फर्कें, फर्कायेँ नयन, तर त्यो दिव्य नगरी
रह्यो मेरो भित्री हृदयपटमा चित्रित सरी ॥
३८
निरुपम पसिनाका स्वर्गको सार सार
मसँग सब बताई भित्र अर्कै विचार ।
लिइ मुनि बनिहाले मौन भावैक धाम
म पनि मनन त्यस्को गर्न लागेँ तमाम ॥