Page:Tarun tapasi.pdf/100: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
{{pcn|७}} | {{pcn|७}} | ||
उता हेर्नासाथै अगम नभको नील परिधि | उता हेर्नासाथै अगम नभको नील परिधि | ||
::यताको यो बिर्सें उभय जुगको | ::यताको यो बिर्सें उभय जुगको सङ्क्रम-विधि । | ||
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै | हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै | ||
::चल्यो माथी मेरो नयन नभमा चक्कर | ::चल्यो माथी मेरो नयन नभमा चक्कर लिँदै ॥ | ||
{{pcn|८}} | {{pcn|८}} |
Revision as of 18:06, 12 June 2025
This page has been proofread
६
कडा बेचैनीले सकल मुटुको चाल जकड्यो
उही आकाशैको पथ नयनले टप्प पकड्यो ।
निमेषैमा मानू कठिन पिँजराबाट सहसा
चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा ॥
७
उता हेर्नासाथै अगम नभको नील परिधि
यताको यो बिर्सें उभय जुगको सङ्क्रम-विधि ।
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै
चल्यो माथी मेरो नयन नभमा चक्कर लिँदै ॥
८
पलाको आधामा गगनमय त्यो शून्य नगरी
घुमी फन्का मारी हरकिसिमको कौतुक गरी ।
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्यो
हवाको झोक्कामा जलद उसको सम्मुख पर्यो ॥