Page:Tarun tapasi.pdf/99: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|१}} | {{pcn|१}} | ||
पिउँदा पिउँदै प्रतिक्षण | पिउँदा पिउँदै प्रतिक्षण | ||
::मुनिको | ::मुनिको वाक्य-सुधा विलक्षण । | ||
कविको मन त्यो पुग्यो वहाँ | कविको मन त्यो पुग्यो वहाँ | ||
::गहिरो नीरवता थियो जहाँ ॥ | ::गहिरो नीरवता थियो जहाँ ॥ | ||
{{pcn|२}} | {{pcn|२}} | ||
अहो सुन्दासुन्दै अबुझ दुनियाँको रिमिझिमी | अहो ! सुन्दासुन्दै अबुझ दुनियाँको रिमिझिमी | ||
::अकस्मात् टोल्हायौ कविवर बिचैमा किन तिमी ? | ::अकस्मात् टोल्हायौ कविवर ! बिचैमा किन तिमी ? | ||
तिमी सुन्दै जाऊ विविध | तिमी सुन्दै जाऊ विविध घटना-चक्र सब त्यो | ||
::जहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो ॥ | ::जहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
थियो त्यो मौकामा उभय जुगको | थियो त्यो मौकामा उभय जुगको सन्धि-समय | ||
::सबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय । | ::सबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय । | ||
न जाने के होला भनि सब थिये शङ्कित अति | न जाने के होला ! भनि सब थिये शङ्कित अति | ||
::सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति ॥ | ::सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति ॥ | ||
Line 28: | Line 28: | ||
{{pcn|५}} | {{pcn|५}} | ||
कठै त्यस्ले गर्दा कठिन जडवादीपन बढ्यो | कठै ! त्यस्ले गर्दा कठिन जडवादीपन बढ्यो | ||
::कुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो । | ::कुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो । | ||
घुम्यो मेरो माथा, गम अगमतामा बदलियो | घुम्यो मेरो माथा, गम अगमतामा बदलियो |
Revision as of 18:05, 12 June 2025
१
पिउँदा पिउँदै प्रतिक्षण
मुनिको वाक्य-सुधा विलक्षण ।
कविको मन त्यो पुग्यो वहाँ
गहिरो नीरवता थियो जहाँ ॥
२
अहो ! सुन्दासुन्दै अबुझ दुनियाँको रिमिझिमी
अकस्मात् टोल्हायौ कविवर ! बिचैमा किन तिमी ?
तिमी सुन्दै जाऊ विविध घटना-चक्र सब त्यो
जहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो ॥
३
थियो त्यो मौकामा उभय जुगको सन्धि-समय
सबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय ।
न जाने के होला ! भनि सब थिये शङ्कित अति
सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति ॥
४
दुवै लड्दालड्दै नियतिवश विज्ञान बलियो
विजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियो ।
थिये मैले हेर्दा तिनि उभय निस्सार नकली
विजेताले पायो तर पनि ठुलो नाम सकली ॥
५
कठै ! त्यस्ले गर्दा कठिन जडवादीपन बढ्यो
कुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो ।
घुम्यो मेरो माथा, गम अगमतामा बदलियो
बग्यो आँशू, आँखा किन किन बिझायो, धमिलियो ॥