Page:Tarun tapasi.pdf/90: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी | जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी | ||
::उनी गुम्स्यायेका क्षणभर | ::उनी गुम्स्यायेका क्षणभर धरा-स्पर्श नगरी । | ||
कसैका पैताला गरम पसिनाले लपलपी | कसैका पैताला गरम पसिनाले लपलपी | ||
::भिजी रुन्थे, जल्थे | ::भिजी रुन्थे, जल्थे मनुज-मतिदेखी धपधपी ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
Line 17: | Line 17: | ||
::घना सुस्केरा नै अनवरत टङ्कार धनुको । | ::घना सुस्केरा नै अनवरत टङ्कार धनुको । | ||
बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया | बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया | ||
::शिकारी भै मार्थे जिनतिन कठै | ::शिकारी भै मार्थे जिनतिन कठै ! भोक-चिडिया ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
कुनै छाता ओढी अकडसित ताम्दानबिचमा | कुनै छाता ओढी अकडसित ताम्दानबिचमा | ||
::बसी पुग्नासाथै सरस उस | ::बसी पुग्नासाथै सरस उस चौकी-नगिचमा । | ||
कहन्थे डोले हो नभन 'अब | कहन्थे डोले हो ! नभन 'अब बस्छौँ, गरम भो' | ||
::मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो ॥ | ::मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
झिकी बासी सत्तू | झिकी बासी सत्तू जठर-हरिको पूजन गरूँ | ||
::भनी लागे कोही तर पवन आयो हुरुरुरु । | ::भनी लागे कोही तर पवन आयो हुरुरुरु । | ||
धुलो वैर्यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो | धुलो वैर्यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो | ||
Line 33: | Line 33: | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी | कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी | ||
::चुसी चाटी टोकी चिजबिज | ::चुसी चाटी टोकी चिजबिज अनेकौँ लपलपी । | ||
डकारी खै मेरो मधुर हजमी पाचक भनी | डकारी खै मेरो मधुर हजमी पाचक भनी | ||
::शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी ॥ | ::शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:40, 12 June 2025
१८
जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी
उनी गुम्स्यायेका क्षणभर धरा-स्पर्श नगरी ।
कसैका पैताला गरम पसिनाले लपलपी
भिजी रुन्थे, जल्थे मनुज-मतिदेखी धपधपी ॥
१९
कसैका कन्थाको विकट बदबूले हरघडी
झुकी बस्नूपर्थ्यो जिनतिन दुवै नाक पकडी ।
कसैले पैह्रेका तरल खुसबूको महकमा
हवा पौडी खेल्थ्यो पल पल खुशीको बहकमा ॥
२०
डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनको
घना सुस्केरा नै अनवरत टङ्कार धनुको ।
बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया
शिकारी भै मार्थे जिनतिन कठै ! भोक-चिडिया ॥
२१
कुनै छाता ओढी अकडसित ताम्दानबिचमा
बसी पुग्नासाथै सरस उस चौकी-नगिचमा ।
कहन्थे डोले हो ! नभन 'अब बस्छौँ, गरम भो'
मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो ॥
२२
झिकी बासी सत्तू जठर-हरिको पूजन गरूँ
भनी लागे कोही तर पवन आयो हुरुरुरु ।
धुलो वैर्यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो
मलाई मायाले मुटुकन समातेर जकड्यो ॥
२३
कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी
चुसी चाटी टोकी चिजबिज अनेकौँ लपलपी ।
डकारी खै मेरो मधुर हजमी पाचक भनी
शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी ॥