Jump to content

Page:Tarun tapasi.pdf/83: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
::उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा ।
::उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा ।
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती
::भनें मर्मस्पर्शी वचन उसलाई अलिकति ॥
::भनेँ मर्मस्पर्शी वचन उसलाई अलिकति ॥


{{pcn|१३}}
{{pcn|१३}}
तँ सानै छस् बाबू तर तँसित आलोककणिका
तँ सानै छस् बाबू ! तर तँसित आलोक-कणिका
::हुनाले क्यै भित्री दिल सकल पारीकन फुका ।
::हुनाले क्यै भित्री दिल सकल पारीकन फुका ।
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा
Line 14: Line 14:


{{pcn|१४}}
{{pcn|१४}}
हजारौं तैं जस्ता पुरुषहरु पैले पिलिपिली
हजारौँ तैँ जस्ता पुरुषहरु पैले पिलिपिली
::गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली ।
::गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली ।
गये वा जाँदैछन् तँ पनि तिनि झैं कत्ति नडरी
गये वा जाँदैछन् तँ पनि तिनि झैँ कत्ति नडरी
::अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी ॥
::अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी ॥


{{pcn|१५}}
{{pcn|१५}}
तँ सानू, त्यो सानू किरणकण, सानू गतिविधि
तँ सानू, त्यो सानू किरण-कण, सानू गतिविधि
::कठै त्यो झन् सानू, निविड तमविच्छेदनविधि
::कठै ! त्यो झन् सानू, निविड तम-विच्छेदन-विधि
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा
::जती शक्छस् कालो गगनपथ आलोकित गरा ॥
::जती शक्छस् कालो गगनपथ आलोकित गरा ॥
Line 27: Line 27:
{{pcn|१६}}
{{pcn|१६}}
न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी
न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी
::न आँखाले भेट्छन् चपलबिजुली दर्शनखुशी
::न आँखाले भेट्छन् चपल-बिजुली दर्शन-खुशी
अहा त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति
अहा ! त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति
::तँमाथी वर्षन्छन् प्रणयफुल मेरा उतिउति ॥
::तँमाथी वर्षन्छन् प्रणय-फुल मेरा उतिउति ॥


{{pcn|१७}}
{{pcn|१७}}
न त्यो तेरो तातो छवि छ रविको झैं अति कडा
न त्यो तेरो तातो छवि छ रविको झैँ अति कडा
::न त्यस्मा क्यै देख्छू तुहिनकरको शीतबखडा
::न त्यस्मा क्यै देख्छू तुहिनकरको शीत-बखडा
अनौठाको, सानू तर मधुर आलोकगठरी
अनौठाको, सानू तर मधुर आलोक-गठरी
::म हेर्दैछू तेरो पलक नलगाई छक परी ॥
::म हेर्दैछू तेरो पलक नलगाई छक परी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:21, 12 June 2025

This page has been proofread

१२
जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा
उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा ।
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती
भनेँ मर्मस्पर्शी वचन उसलाई अलिकति ॥

१३
तँ सानै छस् बाबू ! तर तँसित आलोक-कणिका
हुनाले क्यै भित्री दिल सकल पारीकन फुका ।
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा
म सम्झन्छू तेरो सफल जुनिको त्यो मधुरिमा ॥

१४
हजारौँ तैँ जस्ता पुरुषहरु पैले पिलिपिली
गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली ।
गये वा जाँदैछन् तँ पनि तिनि झैँ कत्ति नडरी
अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी ॥

१५
तँ सानू, त्यो सानू किरण-कण, सानू गतिविधि
कठै ! त्यो झन् सानू, निविड तम-विच्छेदन-विधि ।
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा
जती शक्छस् कालो गगनपथ आलोकित गरा ॥

१६
न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी
न आँखाले भेट्छन् चपल-बिजुली दर्शन-खुशी ।
अहा ! त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति
तँमाथी वर्षन्छन् प्रणय-फुल मेरा उतिउति ॥

१७
न त्यो तेरो तातो छवि छ रविको झैँ अति कडा
न त्यस्मा क्यै देख्छू तुहिनकरको शीत-बखडा ।
अनौठाको, सानू तर मधुर आलोक-गठरी
म हेर्दैछू तेरो पलक नलगाई छक परी ॥