Page:Tarun tapasi.pdf/77: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी | बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी | ||
::अहो त्यस्तो कालो | ::अहो ! त्यस्तो कालो विनिमय-कला सिर्जन गरी । | ||
खिचातानी गर्दै फगत पसिनाको पल पल | खिचातानी गर्दै फगत पसिनाको पल पल | ||
::हरे अन्धो लोभी मनुज धसिँदै गो तल तल ॥ | ::हरे ! अन्धो लोभी मनुज धसिँदै गो तल तल ॥ | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
चमत्कारी | चमत्कारी प्रज्ञा-बलतिर कुनै ख्याल नगरी | ||
::कसी त्यस्तो पैसाउपर | ::कसी त्यस्तो पैसाउपर ममता-ग्रन्थि त्यसरी । | ||
कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो ? | कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो ? | ||
::कठै यस्को भित्री नयन किन तेसै धमिलियो ? | ::कठै ! यस्को भित्री नयन किन तेसै धमिलियो ? | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
Line 20: | Line 20: | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
जगत्मा पैसाले | जगत्मा पैसाले विनिमय-कला खूब सजिलो | ||
::भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो । | ::भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो । | ||
त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा | त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा | ||
::खडा हुन्छन् यद्वा जुग जुग ठुला | ::खडा हुन्छन् यद्वा जुग जुग ठुला झेल-बखडा ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको | नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको | ||
:: | ::विवेक-ज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको । | ||
विषालू पैसाले सकल दुनियाँ पागल सरी | विषालू पैसाले सकल दुनियाँ पागल सरी | ||
::बनाई पार्ने भो नरकमय पृथ्वी, हरि हरि | ::बनाई पार्ने भो नरकमय पृथ्वी, हरि ! हरि !! | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
जसै यो पैसाको | जसै यो पैसाको नयन-युगमा जम्दछ फुलो | ||
::अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो । | ::अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो । | ||
नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको | नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको |
Revision as of 21:05, 11 June 2025
१५
बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी
अहो ! त्यस्तो कालो विनिमय-कला सिर्जन गरी ।
खिचातानी गर्दै फगत पसिनाको पल पल
हरे ! अन्धो लोभी मनुज धसिँदै गो तल तल ॥
१६
चमत्कारी प्रज्ञा-बलतिर कुनै ख्याल नगरी
कसी त्यस्तो पैसाउपर ममता-ग्रन्थि त्यसरी ।
कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो ?
कठै ! यस्को भित्री नयन किन तेसै धमिलियो ?
१७
क्षमा, मैत्री, माया, प्रणय, करुणा, शान्ति, शुचिता
सबै स्वाहा पारी पल पल बढाई विषमता ।
पियारो यै पैसा अति कठिन हालाहलमय
बनी संसारैको पछि सहज गर्ला कि विलय ?
१८
जगत्मा पैसाले विनिमय-कला खूब सजिलो
भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो ।
त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा
खडा हुन्छन् यद्वा जुग जुग ठुला झेल-बखडा ॥
१९
नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको
विवेक-ज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको ।
विषालू पैसाले सकल दुनियाँ पागल सरी
बनाई पार्ने भो नरकमय पृथ्वी, हरि ! हरि !!
२०
जसै यो पैसाको नयन-युगमा जम्दछ फुलो
अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो ।
नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको
पछारिन्छन् सारा मनुज पिर भोग्दै मुफतको ॥