Jump to content

Page:Tarun tapasi.pdf/75: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|६}}
{{pcn|६}}
लुछेको, लाछेको शिर, सकल काया थिलथिलो
लुछेको, लाछेको शिर, सकल काया थिलथिलो
::थियो त्यो पिट्टाले, नयनयुगको कान्ति धमिलो ।
::थियो त्यो पिट्टाले, नयन-युगको कान्ति धमिलो ।
उदेकायें, हाँसें मनुजजुनिको त्यो पतनमा
उदेकायेँ, हाँसेँ मनुज-जुनिको त्यो पतनमा
::पर्यो कालो रेखा अलिकति उदासीन मनमा ॥
::पर्यो कालो रेखा अलिकति उदासीन मनमा ॥


{{pcn|७}}
{{pcn|७}}
स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने
स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने
::तपस्वीचोलाको विधिनियम हो शान्त रहने ।
::तपस्वी-चोलाको विधि-नियम हो शान्त रहने ।
यही सम्झी मैले अति कठिन त्यो पीडन सहें
यही सम्झी मैले अति कठिन त्यो पीडन सहेँ
::बुझी दैवी लीला सब, बिलखमन्नै परिरहें
::बुझी दैवी लीला सब, बिलखमन्नै परिरहेँ


{{pcn|८}}
{{pcn|८}}
कठै भोलीपल्टै झटपट उनै मानिस सब
कठै ! भोलीपल्टै झटपट उनै मानिस सब
::भरी डोकाडालाउपर सब त्यै भोज्यविभव
::भरी डोका-डालाउपर सब त्यै भोज्य-विभव
त्यहीं आये, थुप्रा क्रमसित लगाये वरिपरि
त्यहीँ आये, थुप्रा क्रमसित लगाये वरिपरि
::बसे बाटी हेरी फगत रखवारीकन गरी ॥
::बसे बाटी हेरी फगत रखवारीकन गरी ॥


Line 29: Line 29:
::मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु ।
::मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु ।
अनी हा हा भैगो, सब कहन थाले 'पर पर'
अनी हा हा भैगो, सब कहन थाले 'पर पर'
::विना पैसा दिन्नौं मुफत किन गर्छौ करकर ?
::विना पैसा दिन्नौँ मुफत किन गर्छौ करकर ?


{{pcn|११}}
{{pcn|११}}
सफा सेताराता कमरबिच ताता गरि गरी
सफा सेता-राता कमरबिच ताता गरि गरी
::दबायेका चक्की जतनसित झिक्तै अघि सरी ।
::दबायेका चक्की जतनसित झिक्तै अघि सरी ।
दिनेले त्यो पाये, दिनलिन नशक्ने जनहरू
दिनेले त्यो पाये, दिन-लिन नशक्ने जनहरू
::चले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु ॥
::चले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:56, 11 June 2025

This page has been proofread


लुछेको, लाछेको शिर, सकल काया थिलथिलो
थियो त्यो पिट्टाले, नयन-युगको कान्ति धमिलो ।
उदेकायेँ, हाँसेँ मनुज-जुनिको त्यो पतनमा
पर्यो कालो रेखा अलिकति उदासीन मनमा ॥


स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने
तपस्वी-चोलाको विधि-नियम हो शान्त रहने ।
यही सम्झी मैले अति कठिन त्यो पीडन सहेँ
बुझी दैवी लीला सब, बिलखमन्नै परिरहेँ ॥


कठै ! भोलीपल्टै झटपट उनै मानिस सब
भरी डोका-डालाउपर सब त्यै भोज्य-विभव ।
त्यहीँ आये, थुप्रा क्रमसित लगाये वरिपरि
बसे बाटी हेरी फगत रखवारीकन गरी ॥


स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरी
फिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी ।
गला फारी फारी सब कहन थाले 'किन, किन'
कुनै माने मैले डबल 'किन'को जान्न शकिनँ ॥

१०
मगन्ते भोका वा अबुझ बिचरा बालकहरू
मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु ।
अनी हा हा भैगो, सब कहन थाले 'पर पर'
विना पैसा दिन्नौँ मुफत किन गर्छौ करकर ?

११
सफा सेता-राता कमरबिच ताता गरि गरी
दबायेका चक्की जतनसित झिक्तै अघि सरी ।
दिनेले त्यो पाये, दिन-लिन नशक्ने जनहरू
चले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु ॥