Page:Tarun tapasi.pdf/38: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|६}} | {{pcn|६}} | ||
तपस्याको अग्लो | तपस्याको अग्लो भवन-बिच चढ्ने असजिला | ||
::कडा दैवी बाधामय अति नराम्रा खुडकिला । | ::कडा दैवी बाधामय अति नराम्रा खुडकिला । | ||
सबै | सबै नाघेँ, देखेँ नगिच नगिचै लक्ष्य-परिधि | ||
::भयो जस्ले गर्दा बहुत हलुका | ::भयो जस्ले गर्दा बहुत हलुका जीवन-विधि ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
Line 11: | Line 11: | ||
::ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी । | ::ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी । | ||
मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो | मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो | ||
:: | ::जगत्को कल्याण-व्रत-विषयमा साहस बढ्यो ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
सबै आऊन्, पाऊन् | सबै आऊन्, पाऊन् प्रणय-सुखद्वारा हृदयको | ||
::कसैलाई मेरो नगिच नरहोस् नाम भयको । | ::कसैलाई मेरो नगिच नरहोस् नाम भयको । | ||
म | म भन्थेँ झुम्मिन्थे पथिक सब, राती तर तिनी | ||
::नबस्नाले | ::नबस्नाले हुन्थेँ मन मन अली खिन्न म पनि ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
Line 34: | Line 34: | ||
खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी | खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी | ||
::चिने चौकी चाक्लो उपर छपनीले सम गरी । | ::चिने चौकी चाक्लो उपर छपनीले सम गरी । | ||
म त्यो चौकीमाथी झलमल | म त्यो चौकीमाथी झलमल बनेँ गोल गजुर | ||
::कठै गर्थ्यो तल्लो हर तर तलैबाट उजुर ॥ | ::कठै ! गर्थ्यो तल्लो हर तर तलैबाट उजुर ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:37, 5 June 2025
६
तपस्याको अग्लो भवन-बिच चढ्ने असजिला
कडा दैवी बाधामय अति नराम्रा खुडकिला ।
सबै नाघेँ, देखेँ नगिच नगिचै लक्ष्य-परिधि
भयो जस्ले गर्दा बहुत हलुका जीवन-विधि ॥
७
त्यहाँदेखी झन् झन् डबल गतिले कत्ति नअडी
ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी ।
मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो
जगत्को कल्याण-व्रत-विषयमा साहस बढ्यो ॥
८
सबै आऊन्, पाऊन् प्रणय-सुखद्वारा हृदयको
कसैलाई मेरो नगिच नरहोस् नाम भयको ।
म भन्थेँ झुम्मिन्थे पथिक सब, राती तर तिनी
नबस्नाले हुन्थेँ मन मन अली खिन्न म पनि ॥
९
म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला
चुलोचम्को लाई खचित नगिचै लाखन शिला ।
उता मीठो पानी, सब तरहले वास सजिलो
थियो, अग्लो होचो जमिन, तर सुत्ता असजिलो ॥
१०
त्यसैले हो यद्वा अविदित कुनै कार्यवश हो
दयाले नै हो वा अरु अरु कुनै स्वार्थवश हो ।
नजाने केले हो ? अलि दिनपछी ग्राम्यजनको
ठुलो धारो लाग्यो तह वितह हेर्दै जमिनको ॥
११
खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी
चिने चौकी चाक्लो उपर छपनीले सम गरी ।
म त्यो चौकीमाथी झलमल बनेँ गोल गजुर
कठै ! गर्थ्यो तल्लो हर तर तलैबाट उजुर ॥