Jump to content

Page:Tarun tapasi.pdf/15: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१८}}
{{pcn|१८}}
सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी
सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी
::थियो त्यो शोभाको जलधि, कविजी मञ्जुलहरी
::थियो त्यो शोभाको जलधि, कविजी मञ्जु-लहरी
मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये
मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये
::अहा कस्तो कस्तो अगम छविमा तन्मय भये ॥
::अहा! कस्तो कस्तो अगम छविमा तन्मय भये ॥


{{pcn|१९}}
{{pcn|१९}}
Line 14: Line 14:


{{pcn|२०}}
{{pcn|२०}}
लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्यरसको
लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्य-रसको
::ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको ।
::ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको ।
मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी
मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी
Line 20: Line 20:


{{pcn|२१}}
{{pcn|२१}}
म को हूँ ? त्यो के हो ? कुन चटकमा गद्गद थियें ?
म को हूँ ? त्यो के हो ? कुन चटकमा गद्‌गद्‌ थियेँ ?
::कसो भो ? के के भो ? किन म सहसा बेगल भयें ?
::कसो भो ? के के भो ? किन म सहसा बेगल भयेँ ?
कता लाग्यो त्यत्रो परम सुखको सागर भनी
कता लाग्यो त्यत्रो परम सुखको सागर भनी
::घुमे निक्कै तृष्णातरल कवि फेरी फनफनी ॥
::घुमे निक्कै तृष्णा-तरल कवि फेरी फनफनी ॥


{{pcn|२२}}
{{pcn|२२}}
Line 29: Line 29:
::भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी ।
::भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी ।
त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी
त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी
::बिचैमा भेट्टाये विधिवश कुनै दिव्य तपसी ॥
::बिचैमा भेट्टाये विधि-वश कुनै दिव्य तपसी ॥


{{pcn|२३}}
{{pcn|२३}}

Revision as of 18:00, 29 May 2025

This page has been proofread

१८
सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी
थियो त्यो शोभाको जलधि, कविजी मञ्जु-लहरी ।
मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये
अहा! कस्तो कस्तो अगम छविमा तन्मय भये ॥

१९
यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा
डुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा ।
उसो हेर्दा टाढा मन वचन भन्दा अति पर
इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर ॥

२०
लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्य-रसको
ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको ।
मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी
तुरुन्तै उत्रे ती, हृदयबिच लाग्यो किरिकिरी ॥

२१
म को हूँ ? त्यो के हो ? कुन चटकमा गद्‌गद्‌ थियेँ ?
कसो भो ? के के भो ? किन म सहसा बेगल भयेँ ?
कता लाग्यो त्यत्रो परम सुखको सागर भनी
घुमे निक्कै तृष्णा-तरल कवि फेरी फनफनी ॥

२२
बढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरी
भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी ।
त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी
बिचैमा भेट्टाये विधि-वश कुनै दिव्य तपसी ॥

२३
अली मोटो अग्लो कद, जमिनमा छन् पद खडा
घुँडा, तिघ्रा, बाहू, उदर, उर छन् पुष्ट तगडा ।
कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा
जटा काला, लम्बा, वसन तनमा वल्कल कडा ॥