Page:Luni.pdf/70: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 11: | Line 11: | ||
:::सितारभन्दा वनको चरो | :::सितारभन्दा वनको चरो | ||
:::श्यावा ! श्यावा ! श्याब्बो ! | :::श्यावा ! श्यावा ! श्याब्बो ! | ||
सुनको | सुनको दरबारभन्दा झुप्रो | ||
व्याङचे सानो आलटाल | व्याङचे सानो आलटाल कुप्रो, | ||
तारामण्डल सत्को थुप्रो | तारामण्डल सत्को थुप्रो | ||
:::श्यावा ! श्यावा ! श्याब्बो ! | :::श्यावा ! श्यावा ! श्याब्बो ! | ||
Line 20: | Line 20: | ||
:::श्यावा ! श्यावा ! श्याब्यो ! | :::श्यावा ! श्यावा ! श्याब्यो ! | ||
धर्मका बन्धन सत्का हाम्रा | धर्मका बन्धन सत्का हाम्रा | ||
कालले हुन्छन् | कालले हुन्छन् झूटा चाम्रा | ||
दिलका बन्धन साह्रै चाम्रा | दिलका बन्धन साह्रै चाम्रा | ||
:::श्यावा ! श्यावा ! श्याब्बो । | :::श्यावा ! श्यावा ! श्याब्बो । |
Latest revision as of 19:42, 27 May 2025
This page has been proofread
(द)
गुलाफ अत्तरभन्दा मीठो
सत्को मानो सत्को पीठो,
बिजुलीभन्दा सत् नै छिटो
श्यावा, श्यावा, श्याब्बो !
गुलाफ जलमा चिन्ता जरो
मखमलभन्दा पाखी धरो
सितारभन्दा वनको चरो
श्यावा ! श्यावा ! श्याब्बो !
सुनको दरबारभन्दा झुप्रो
व्याङचे सानो आलटाल कुप्रो,
तारामण्डल सत्को थुप्रो
श्यावा ! श्यावा ! श्याब्बो !
बाहिरी रीति झूटा सारा
दिलको बाटो सत्को प्यारा
आखिर सत्को सबको चारा
श्यावा ! श्यावा ! श्याब्यो !
धर्मका बन्धन सत्का हाम्रा
कालले हुन्छन् झूटा चाम्रा
दिलका बन्धन साह्रै चाम्रा
श्यावा ! श्यावा ! श्याब्बो ।