Page:Ritubichar.pdf/77: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 19: | Line 19: | ||
{{pcn|१०१}} | {{pcn|१०१}} | ||
सकल ऋतुविचार प्रेमका साथ हेरी | सकल ऋतुविचार प्रेमका साथ हेरी | ||
गुण जति लिनुहोला दोषलाई नटेरी । | ::गुण जति लिनुहोला दोषलाई नटेरी । | ||
भनि सकल गुणीका सामने भक्तिसाथ | भनि सकल गुणीका सामने भक्तिसाथ | ||
अतिशय झुकि बिन्ती गर्छ यो 'लेखनाथ' ॥ | ::अतिशय झुकि बिन्ती गर्छ यो 'लेखनाथ' ॥ | ||
{{pcn|'''इति शिशिर-विचार'''}} | {{pcn|'''इति शिशिर-विचार'''}} |
Revision as of 18:58, 5 May 2025
This page has not been proofread
९७
जडेको छ जथाभावी अवीर पुरमा सब ।
लोकमा वीरकै हुन्छ प्रतिष्ठा, मान, गौरव ॥
९८
वसन्ती रङ्गका वस्त्र पहिरीकन अङ्गमा ।
क्या मजाले डुबेको छ दुनियाँ रसरङ्गमा ॥
९९
यो हो श्रीकृष्णलीलाको रश्मि यौटा पुरातन ।
प्रकाश जसको हामी लिंदै छौं अझ पावन ॥
१००
पूर्णिमा तिथि हो आज पूर्ण भो शिशिरस्थिति ।
भोलि अवश्य देखिन्छ वसन्त मधुराऽऽकृति ॥
१०१
सकल ऋतुविचार प्रेमका साथ हेरी
गुण जति लिनुहोला दोषलाई नटेरी ।
भनि सकल गुणीका सामने भक्तिसाथ
अतिशय झुकि बिन्ती गर्छ यो 'लेखनाथ' ॥
इति शिशिर-विचार
समाप्तं शुभम्