Jump to content

Page:Ritubichar.pdf/63: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 10: Line 10:


{{pcn|८१}}
{{pcn|८१}}
कालो तरङ्गसङ्कीर्ण दह झैं पान्थको मन ।
कालो तरङ्ग-सङ्कीर्ण दह झैं पान्थको मन ।
फोरी नयनको बाँध लाग्यो साह्रै छचल्किन ॥
फोरी नयनको बाँध लाग्यो साह्रै छचल्किन ॥


{{pcn|८२}}
{{pcn|८२}}
घडीतुल्य पला लाग्छन्, वर्षतुल्य घडी सब ।
घडी-तुल्य पला लाग्छन्, वर्ष-तुल्य घडी सब ।
दुःखी दाह्रा किटी भोग्छ रातको शीत गौरव ॥
दुःखी दाह्रा किटी भोग्छ रातको शीत गौरव ॥


{{pcn|८३}}
{{pcn|८३}}
खुम्च्याउँछन् सबैलाई काला दीर्घ विभावरी ।
खुम्च्याउँछन् सबैलाई काला दीर्घ विभावरी ।
कठै घोर अविद्याका गह्रुङ्गा गठरीसरी
कठै! घोर अविद्याका गह्रुङ्गा गठरी-सरी


{{pcn|८४}}
{{pcn|८४}}
जुन रातविषे हुन्छ दुःखीको प्राणसंशय
जुन रात-विषे हुन्छ दुःखीको प्राण-संशय
सुखीलाई उनै रात सुधाका लहरीमय
सुखीलाई उनै रात सुधाका लहरी-मय


{{pcn|८५}}
{{pcn|८५}}
Line 31: Line 31:
{{pcn|८६}}
{{pcn|८६}}
दुःखी कौरव झैं खिन्न सुखी पाण्डव झैं बनी ।
दुःखी कौरव झैं खिन्न सुखी पाण्डव झैं बनी ।
हेर्दछन् द्रौपदीचीरतुल्य हेमन्तयामिनी
हेर्दछन् द्रौपदी-चीर-तुल्य हेमन्त-यामिनी


{{pcn|८७}}
{{pcn|८७}}
पोखरीमा बिलायेकी देखी कुमुदिनीकन
पोखरीमा बिलायेकी देखी कुमुदिनी-कन
लागे कुमुदिनीनाथ करुणावश पग्लन ॥
लागे कुमुदिनी-नाथ करुणा-वश पग्लन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 15:39, 23 May 2025

This page has been proofread

७९
रातमा घुसदा शीत दुःखीका भित्र आँतमा ।
दाँतको झगडा हुन्छ को जाने कुन बातमा ॥

८०
कन्था बिकामका भद्दा थाङ्नामा मस्त भैकन ।
हालका कविजी जस्तै लागे गरिब खुम्चिन ॥

८१
कालो तरङ्ग-सङ्कीर्ण दह झैं पान्थको मन ।
फोरी नयनको बाँध लाग्यो साह्रै छचल्किन ॥

८२
घडी-तुल्य पला लाग्छन्, वर्ष-तुल्य घडी सब ।
दुःखी दाह्रा किटी भोग्छ रातको शीत गौरव ॥

८३
खुम्च्याउँछन् सबैलाई काला दीर्घ विभावरी ।
कठै! घोर अविद्याका गह्रुङ्गा गठरी-सरी ॥

८४
जुन रात-विषे हुन्छ दुःखीको प्राण-संशय ।
सुखीलाई उनै रात सुधाका लहरी-मय ॥

८५
सुखीका सुखको साक्षी दुःखको दुःखवर्धन ।
झुल्कन्छ रातमा झुल्का फुलाई खूप गर्धन ॥

८६
दुःखी कौरव झैं खिन्न सुखी पाण्डव झैं बनी ।
हेर्दछन् द्रौपदी-चीर-तुल्य हेमन्त-यामिनी ॥

८७
पोखरीमा बिलायेकी देखी कुमुदिनी-कन ।
लागे कुमुदिनी-नाथ करुणा-वश पग्लन ॥