Jump to content

Page:Ritubichar.pdf/58: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|३४}}
{{pcn|३४}}
हेमन्त सिन्धुमा घुम्दा कुइरोरूप मन्दर ।
हेमन्त सिन्धुमा घुम्दा कुइरो-रूप मन्दर ।
जगतै कछुवा बन्छ खुम्च्याई अङ्ग जर्जर ॥
जगतै कछुवा बन्छ खुम्च्याई अङ्ग जर्जर ॥


Line 15: Line 15:
{{pcn|३७}}
{{pcn|३७}}
बेलुका सुतदा अर्कै रङ्गमा सब सृष्टि छ ।
बेलुका सुतदा अर्कै रङ्गमा सब सृष्टि छ ।
बिहान उठदा अर्कै सेताम्मे हिमवृष्टि छ ॥
बिहान उठदा अर्कै सेताम्मे हिम-वृष्टि छ ॥


{{pcn|३८}}
{{pcn|३८}}
Line 23: Line 23:
{{pcn|३९}}
{{pcn|३९}}
छोपियेकी तुषाराले देखिन्छिन् भूमि यो घरी ।
छोपियेकी तुषाराले देखिन्छिन् भूमि यो घरी ।
कुनै कपास झैं सेतै फुलेकी बुढियासरी
कुनै कपास झैं सेतै फुलेकी बुढिया-सरी


{{pcn|४०}}
{{pcn|४०}}
ठण्डीका डरले सेतो मण्डलीमा गुटूमुटू ।
ठण्डीका डरले सेतो मण्डलीमा गुटूमुटू ।
नीदले पृथिवी देवी बनीछन् की लुटूपुटू ?
नीदले पृथिवी देवी बनी-छन् की लुटूपुटू ?


{{pcn|४१}}
{{pcn|४१}}
खात हो वा तुषाराको यद्वा दुःखप्रपात हो ?
खात हो वा तुषाराको यद्वा दुःख-प्रपात हो ?
फुस्रा हेमन्तको यद्वा फुस्रो दुःसह लात हो ?
फुस्रा हेमन्तको यद्वा फुस्रो दुःसह लात हो ?


{{pcn|४२}}
{{pcn|४२}}
तुषाराका तिखा सेता काँढा हान्दै पछिल्तिर ।
तुषाराका तिखा सेता काँढा हान्दै पछिल्तिर ।
रात्रिदुम्सी घुस्यो यद्वा पश्चिमाऽद्रिगुफातिर
रात्रि-दुम्सी घुस्यो यद्वा पश्चिमाऽद्रि-गुफा-तिर
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:21, 21 May 2025

This page has been proofread

३४
हेमन्त सिन्धुमा घुम्दा कुइरो-रूप मन्दर ।
जगतै कछुवा बन्छ खुम्च्याई अङ्ग जर्जर ॥

३५
तेही मन्थनका छिर्का तुषाराको स्वरूपमा ।
बर्र बर्र सबैतर्फ वर्षेका हुन् कि विश्वमा ?

३६
कम्ती भयो भने मैत्री शीतको कुइरोसित ।
तुषारो जोरले हाँस्छ खित्का छोडेर खित्खित ॥

३७
बेलुका सुतदा अर्कै रङ्गमा सब सृष्टि छ ।
बिहान उठदा अर्कै सेताम्मे हिम-वृष्टि छ ॥

३८
साना परालका छाना तुषारो थुप्रिँदामहाँ ।
सिङ्गमर्मरका जस्तै मजाका देखिने अहा ॥

३९
छोपियेकी तुषाराले देखिन्छिन् भूमि यो घरी ।
कुनै कपास झैं सेतै फुलेकी बुढिया-सरी ॥

४०
ठण्डीका डरले सेतो मण्डलीमा गुटूमुटू ।
नीदले पृथिवी देवी बनी-छन् की लुटूपुटू ?

४१
खात हो वा तुषाराको यद्वा दुःख-प्रपात हो ?
फुस्रा हेमन्तको यद्वा फुस्रो दुःसह लात हो ?

४२
तुषाराका तिखा सेता काँढा हान्दै पछिल्तिर ।
रात्रि-दुम्सी घुस्यो यद्वा पश्चिमाऽद्रि-गुफा-तिर ॥