Jump to content

Page:Ritubichar.pdf/49: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|६१}}
{{pcn|६१}}
त्यो हंसगतिले चल्छ जल निर्मल सुस्तरी ।
त्यो हंस-गतिले चल्छ जल निर्मल सुस्तरी ।
लययुक्त महात्माको चित्तको कलनासरी
लययुक्त महात्माको चित्तको कलना-सरी


{{pcn|६२}}
{{pcn|६२}}
हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी ।
हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी ।
देखाउँछन् बडो राम्रो दाम्पत्यप्रेममाधुरी
देखाउँछन् बडो राम्रो दाम्पत्य-प्रेम-माधुरी


{{pcn|६३}}
{{pcn|६३}}
धन, धर्म दुवै धान्नै धान्यगौरवले उता ।
धन, धर्म दुवै धान्नै धान्य-गौरवले उता ।
खेतमा भरियो भारी भरिलो रमणीयता ॥
खेतमा भरियो भारी भरिलो रमणीयता ॥


{{pcn|६४}}
{{pcn|६४}}
जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल ।
जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल ।
बयेली धानमा खेल्छ गर्दै नयनमङ्गल
बयेली धानमा खेल्छ गर्दै नयन-मङ्गल


{{pcn|६५}}
{{pcn|६५}}
एकैनास पसायेका अर्धचन्द्रसमानका
एकैनास पसायेका अर्धचन्द्र-समानका
बाला लहबरी गर्दै झुल्दछन् खूब धानका ॥
बाला लहबरी गर्दै झुल्दछन् खूब धानका ॥


Line 26: Line 26:


{{pcn|६७}}
{{pcn|६७}}
खेतको मोहिनी शोभा हेरदाहेरदैमहाँ
खेतको मोहिनी शोभा हेरदा-हेरदैमहाँ
ब्रह्ममा ब्रह्मवेत्ता झैं लीन हुन्छ मनै वहाँ ॥
ब्रह्ममा ब्रह्म-वेत्ता झैं लीन हुन्छ मनै वहाँ ॥


{{pcn|६८}}
{{pcn|६८}}
Line 34: Line 34:


{{pcn|६९}}
{{pcn|६९}}
कृषिको श्रमसाफल्य देखनाले प्रजा सब ।
कृषिको श्रम-साफल्य देखनाले प्रजा सब ।
परमाऽऽनन्द पायेको योगी झैं छ खुशी अब ॥
परमाऽऽनन्द पायेको योगी झैं छ खुशी अब ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:46, 21 May 2025

This page has been proofread

६१
त्यो हंस-गतिले चल्छ जल निर्मल सुस्तरी ।
लययुक्त महात्माको चित्तको कलना-सरी ॥

६२
हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी ।
देखाउँछन् बडो राम्रो दाम्पत्य-प्रेम-माधुरी ॥

६३
धन, धर्म दुवै धान्नै धान्य-गौरवले उता ।
खेतमा भरियो भारी भरिलो रमणीयता ॥

६४
जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल ।
बयेली धानमा खेल्छ गर्दै नयन-मङ्गल ॥

६५
एकैनास पसायेका अर्धचन्द्र-समानका ।
बाला लहबरी गर्दै झुल्दछन् खूब धानका ॥

६६
झुकेको छ सबै धान्य ठाडो छैन कुनै पनि ।
उपकारी गुणी व्यक्ति यस्तै हुन्छ जहाँ पनि ॥

६७
खेतको मोहिनी शोभा हेरदा-हेरदैमहाँ ।
ब्रह्ममा ब्रह्म-वेत्ता झैं लीन हुन्छ मनै वहाँ ॥

६८
बदामी रङ्गको राम्रो देखदा खेतको छवि ।
केशरी बागमा पुग्छन् उपमा खोजदै कवि ॥

६९
कृषिको श्रम-साफल्य देखनाले प्रजा सब ।
परमाऽऽनन्द पायेको योगी झैं छ खुशी अब ॥