Jump to content

Page:Ritubichar.pdf/32: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|१६}}
{{pcn|१६}}
मेघमाला मिले एकैछत्त भै गगनैभरी
मेघमाला मिले एकै-छत्त भै गगनै-भरी
उर्लंदै सिन्धुमा चारैतर्फबाट नदीसरी
उर्लंदै सिन्धुमा चारै-तर्फबाट नदी-सरी


{{pcn|१७}}
{{pcn|१७}}
नाट्यशाला छ आकाश, नाचले बिजुली नटी ।
नाट्य-शाला छ आकाश, नाचले बिजुली नटी ।
ताल दिन्छ तबल्ची झैं मेघ धाकिटि धाकिटी ॥
ताल दिन्छ तबल्ची झैं मेघ 'धाकिटि धाकिटी'


{{pcn|१८}}
{{pcn|१८}}
घरीघरी त्यो देखिन्छे मेघमा बिजुली परी ।
घरी-घरी त्यो देखिन्छे मेघमा बिजुली परी ।
कृष्णका काखमा मानू लेटेकी राधिकासरी
कृष्णका काखमा मानू लेटेकी राधिका-सरी


{{pcn|१९}}
{{pcn|१९}}
राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरीथरी
राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरी-थरी
सङ्घ चक्कर खाँदै छ कविको प्रतिभासरी
सङ्घ चक्कर खाँदै छ कविको प्रतिभा-सरी


{{pcn|२०}}
{{pcn|२०}}
जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो ।
जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो ।
मेघले बिजुलीरूप झण्डा विजयको गड्यो ॥
मेघले बिजुली‍-रूप झण्डा विजयको गड्यो ॥


{{pcn|२१}}
{{pcn|२१}}
घनक्क पारी घन्काई गम्भीर जयडिण्डिम
घनक्क पारी घन्काई गम्भीर जय-डिण्डिम
गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥
गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥


{{pcn|२२}}
{{pcn|२२}}
पहिला जलका बिन्दु जोरले जुन आउँछन् ।
पहिला जलका बिन्दु जोरले जुन आउँछन् ।
रूपमा पुतलीतुल्य धूपमा ती बिलाउँछन् ॥
रूपमा पुतली-तुल्य धूपमा ती बिलाउँछन् ॥


{{pcn|२३}}
{{pcn|२३}}
पहिले पृथिवीमाथि वर्षंदा जल दर्दरी ।
पहिले पृथिवी-माथि वर्षंदा जल दर्दरी ।
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैं गरी ॥
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैं गरी ॥


{{pcn|२४}}
{{pcn|२४}}
साना सीकरले सारा अङ्ग सर्र रसाउँछ ।
साना सीकरले सारा अङ्ग सर्र रसाउँछ ।
स्वर्गीय सुखवर्षाको मनमा हर्ष आउँछ ॥
स्वर्गीय सुख-वर्षाको मनमा हर्ष आउँछ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:20, 20 May 2025

This page has been proofread

१६
मेघमाला मिले एकै-छत्त भै गगनै-भरी ।
उर्लंदै सिन्धुमा चारै-तर्फबाट नदी-सरी ॥

१७
नाट्य-शाला छ आकाश, नाचले बिजुली नटी ।
ताल दिन्छ तबल्ची झैं मेघ 'धाकिटि धाकिटी' ॥

१८
घरी-घरी त्यो देखिन्छे मेघमा बिजुली परी ।
कृष्णका काखमा मानू लेटेकी राधिका-सरी ॥

१९
राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरी-थरी ।
सङ्घ चक्कर खाँदै छ कविको प्रतिभा-सरी ॥

२०
जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो ।
मेघले बिजुली‍-रूप झण्डा विजयको गड्यो ॥

२१
घनक्क पारी घन्काई गम्भीर जय-डिण्डिम ।
गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥

२२
पहिला जलका बिन्दु जोरले जुन आउँछन् ।
रूपमा पुतली-तुल्य धूपमा ती बिलाउँछन् ॥

२३
पहिले पृथिवी-माथि वर्षंदा जल दर्दरी ।
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैं गरी ॥

२४
साना सीकरले सारा अङ्ग सर्र रसाउँछ ।
स्वर्गीय सुख-वर्षाको मनमा हर्ष आउँछ ॥