Page:Ritubichar.pdf/27: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|८०}} | {{pcn|८०}} | ||
वृष्टि छैन, कडा घाम बढदो छ प्रतिक्षण । | वृष्टि छैन, कडा घाम बढदो छ प्रतिक्षण । | ||
डढेलो उसमा फेरि के रहन्थ्यो कठै वन ? | डढेलो उसमा फेरि के रहन्थ्यो कठै! वन ? | ||
{{pcn|८१}} | {{pcn|८१}} | ||
डढेलाले डढायेको वन देखिन्छ यो घरी । | डढेलाले डढायेको वन देखिन्छ यो घरी । | ||
नबाबले प्रतापाऽऽग्नि सल्केको | नबाबले प्रतापाऽऽग्नि सल्केको भारतै-सरी ॥ | ||
{{pcn|८२}} | {{pcn|८२}} | ||
उडायो ग्रीष्मले सारा | उडायो ग्रीष्मले सारा वसन्त-कृत गौरव । | ||
नीच पापी दुरात्माले सन्तको कीर्ति झैं सब ॥ | नीच पापी दुरात्माले सन्तको कीर्ति झैं सब ॥ | ||
{{pcn|८३}} | {{pcn|८३}} | ||
यौटा गुलाफको पुष्प यस्तो ताप पनी सही । | यौटा गुलाफको पुष्प यस्तो ताप पनी सही । | ||
दुरुस्त अघिको जस्तै फुलेको छ | दुरुस्त अघिको जस्तै फुलेको छ जहाँ-तहीं ॥ | ||
{{pcn|८४}} | {{pcn|८४}} | ||
उपकारी महात्माको चित्त झैं स्वच्छ कोमल । | उपकारी महात्माको चित्त झैं स्वच्छ कोमल । | ||
देखिन्छ भाग्यले यौटा | देखिन्छ भाग्यले यौटा शिरीष-तरुमा फुल ॥ | ||
{{pcn|८५}} | {{pcn|८५}} | ||
गम्भीर जलको भित्री तहमा नडुबीकन । | गम्भीर जलको भित्री तहमा नडुबीकन । | ||
संसार-भर पायिन्न आनन्दी शीतलो-पन ॥ | |||
{{pcn|८६}} | {{pcn|८६}} | ||
Line 30: | Line 30: | ||
{{pcn|८७}} | {{pcn|८७}} | ||
निस्कनु | निस्कनु दबिनु-रूप विश्व-क्रम-निदर्शन । | ||
देखायेर सबै गर्छन् उन्मज्जन निमज्जन ॥ | देखायेर सबै गर्छन् उन्मज्जन निमज्जन ॥ | ||
{{pcn|८८}} | {{pcn|८८}} | ||
देखिन्छन् जलमा पौडी खेलने ती | देखिन्छन् जलमा पौडी खेलने ती थरी-थरी । | ||
दिव्य | दिव्य आनन्द-गङ्गाका सजीव लहरी-सरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:00, 20 May 2025
This page has been proofread
८०
वृष्टि छैन, कडा घाम बढदो छ प्रतिक्षण ।
डढेलो उसमा फेरि के रहन्थ्यो कठै! वन ?
८१
डढेलाले डढायेको वन देखिन्छ यो घरी ।
नबाबले प्रतापाऽऽग्नि सल्केको भारतै-सरी ॥
८२
उडायो ग्रीष्मले सारा वसन्त-कृत गौरव ।
नीच पापी दुरात्माले सन्तको कीर्ति झैं सब ॥
८३
यौटा गुलाफको पुष्प यस्तो ताप पनी सही ।
दुरुस्त अघिको जस्तै फुलेको छ जहाँ-तहीं ॥
८४
उपकारी महात्माको चित्त झैं स्वच्छ कोमल ।
देखिन्छ भाग्यले यौटा शिरीष-तरुमा फुल ॥
८५
गम्भीर जलको भित्री तहमा नडुबीकन ।
संसार-भर पायिन्न आनन्दी शीतलो-पन ॥
८६
क्षणिकाऽऽनन्दमा लुब्ध जीव झैं मोहजालमा ।
जलमा मग्न भै गोता लिन्छन् रसिक हालमा ॥
८७
निस्कनु दबिनु-रूप विश्व-क्रम-निदर्शन ।
देखायेर सबै गर्छन् उन्मज्जन निमज्जन ॥
८८
देखिन्छन् जलमा पौडी खेलने ती थरी-थरी ।
दिव्य आनन्द-गङ्गाका सजीव लहरी-सरी ॥