Page:Ritubichar.pdf/22: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|३५}} | {{pcn|३५}} | ||
पृथिवी-भर गर्मीको प्रवाहकन जाँचने । | |||
कुला-तुल्य ठुला रस्ता-ताता भत्भति पोलने ॥ | |||
{{pcn|३६}} | {{pcn|३६}} | ||
ताता सडकका ताता पसिनाकन खल्खली । | ताता सडकका ताता पसिनाकन खल्खली । | ||
चुहाई चल्दछन् पान्थ | चुहाई चल्दछन् पान्थ कष्ट-साथ गली गली ॥ | ||
{{pcn|३७}} | {{pcn|३७}} | ||
Line 14: | Line 14: | ||
{{pcn|३८}} | {{pcn|३८}} | ||
देखिन्छ | देखिन्छ पसिना-पूर्ण पान्थको मुख त्यो घरी । | ||
रातो चुर्लुम्म पानीमा बुडेको | रातो चुर्लुम्म पानीमा बुडेको कमलै-सरी ॥ | ||
{{pcn|३९}} | {{pcn|३९}} | ||
Line 22: | Line 22: | ||
{{pcn|४०}} | {{pcn|४०}} | ||
प्यासका साथमा श्वास | प्यासका साथमा श्वास श्वास-साथै निराशता । | ||
उर्लेर गर्न चाहन्छन् पान्थको दिव्य पान्थता ॥ | उर्लेर गर्न चाहन्छन् पान्थको दिव्य पान्थता ॥ | ||
{{pcn|४१}} | {{pcn|४१}} | ||
हाली अनन्त सुस्केरा हिँडदा हिँडदा जल । | हाली अनन्त सुस्केरा हिँडदा हिँडदा जल । | ||
जब पायो अनी आयो नवीन | जब पायो अनी आयो नवीन बल-मङ्गल ॥ | ||
{{pcn|४२}} | {{pcn|४२}} | ||
त्यो बेला त्यो | त्यो बेला त्यो सुधा-तुल्य पियेर जल कल्कली । | ||
लेटदा चित्तमा फुल्छ स्वर्गीय सुखको कलि ॥ | लेटदा चित्तमा फुल्छ स्वर्गीय सुखको कलि ॥ | ||
{{pcn|४३}} | {{pcn|४३}} | ||
आमा-समानकी निद्रा तत्कालै झप्प आउँछे । | |||
काखमा बटुवालाई राखी दर्द बुझाउँछे ॥ | काखमा बटुवालाई राखी दर्द बुझाउँछे ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:39, 19 May 2025
३५
पृथिवी-भर गर्मीको प्रवाहकन जाँचने ।
कुला-तुल्य ठुला रस्ता-ताता भत्भति पोलने ॥
३६
ताता सडकका ताता पसिनाकन खल्खली ।
चुहाई चल्दछन् पान्थ कष्ट-साथ गली गली ॥
३७
स्याँस्याँ भै दम उर्लन्छ, शुकेको छ सबै मुख ।
पियारो मित्र झैं लाग्छ त्यो बेला मार्गको रुख ॥
३८
देखिन्छ पसिना-पूर्ण पान्थको मुख त्यो घरी ।
रातो चुर्लुम्म पानीमा बुडेको कमलै-सरी ॥
३९
बिचरा बीच बाटाको जलशून्य कुवाकन ।
थाले पुलुक्क हेरेर आँशुले पूर्ण पारन ॥
४०
प्यासका साथमा श्वास श्वास-साथै निराशता ।
उर्लेर गर्न चाहन्छन् पान्थको दिव्य पान्थता ॥
४१
हाली अनन्त सुस्केरा हिँडदा हिँडदा जल ।
जब पायो अनी आयो नवीन बल-मङ्गल ॥
४२
त्यो बेला त्यो सुधा-तुल्य पियेर जल कल्कली ।
लेटदा चित्तमा फुल्छ स्वर्गीय सुखको कलि ॥
४३
आमा-समानकी निद्रा तत्कालै झप्प आउँछे ।
काखमा बटुवालाई राखी दर्द बुझाउँछे ॥