Page:Lalitya bhag 1 ra 2.pdf/68: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''म कस्तो हूँ'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} बनूँ सत्यवादी, पढूँ नित्य विद्या ::हटाऊँ सबै चित्तदेखिन् अविद्या । बडो धीर विद्वान्, बडो बुद्धिमान ::फलानू छ भन्ने चलाऊँ बयान ॥ {{pcn|(२)}} म को हूँ ?..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 08:58, 19 June 2025
This page has been proofread
म कस्तो हूँ
(१)
बनूँ सत्यवादी, पढूँ नित्य विद्या
हटाऊँ सबै चित्तदेखिन् अविद्या ।
बडो धीर विद्वान्, बडो बुद्धिमान
फलानू छ भन्ने चलाऊँ बयान ॥
(२)
म को हूँ ? कहाँ छु ? कहाँ के छ हाल
लिएको छु के काम ? कस्तो छ चाल ?
सबै यो बिचारूँ विपज्जाल टारूँ
बडो बुद्धिमानी जगत्मा फिजारूँ ॥
(३)
लिएको छ जो लक्ष्य सोही कुरामा
खडा हुँ, उसैमा गरूँ घोर धामा ।
कुनै विघ्न आईपरेमा उजार-
नहूँ, कामलाई लगाऊँ म पार ॥