Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/36: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४४)}} डिमि डिम्‌ डिमि डिम्‌ गरीकन ::मुटुको धड्कन भित्र पावन । डमरु प्रभुको बज्यो जब ::अनि शम्भो ! सब यो शिवै-शिव ॥ {{pcn|(४५)}} त्रिगुणाऽऽत्मक चित्त हो सब ::तिनपत्रे प्रि..."
 
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread

Revision as of 17:38, 15 June 2025

This page has been proofread

(४४)
डिमि डिम्‌ डिमि डिम्‌ गरीकन
मुटुको धड्कन भित्र पावन ।
डमरु प्रभुको बज्यो जब
अनि शम्भो ! सब यो शिवै-शिव ॥

(४५)
त्रिगुणाऽऽत्मक चित्त हो सब
तिनपत्रे प्रिय विल्व वास्तव ।
प्रभुको पदमा खुशीसित
शिव ! गर्छु अब यो समर्पित ॥

(४६)
जय विश्वविकास-कारक !
जय मृत्युञ्जय ! मृत्युवारक !
मनमा नरहोस्‌ दयामय !
अब मेरो जनि-मृत्युको भय ॥

(४७)
दिलबाट अनाथ दासको
भय मृत्युञ्जय ! मृत्यु-पाशको ।
नहरी प्रभुको कहाँ ? कव ?
कुन मृत्युञ्जय नाम-गौरव ॥