Page:Lalitya bhag 1 ra 2.pdf/26: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} प्रभुकै उस नृत्यमा फसी ::रवि, तारा, ग्रह, मेदिनी, शशी । गगनाऽऽत्मक रङ्गमञ्चमा ::सब नाच्छन् विविध प्रपञ्चमा ॥ {{pcn|(५)}} चतुराऽऽनन, विष्णु, वासव, ::यम यक्षाऽऽदिक देव..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 17:25, 15 June 2025
This page has been proofread
(४)
प्रभुकै उस नृत्यमा फसी
रवि, तारा, ग्रह, मेदिनी, शशी ।
गगनाऽऽत्मक रङ्गमञ्चमा
सब नाच्छन् विविध प्रपञ्चमा ॥
(५)
चतुराऽऽनन, विष्णु, वासव,
यम यक्षाऽऽदिक देवता सब ।
प्रभुको उस नृत्य-रङ्गमा
सब छन् मस्त बडो उमङ्गमा ॥
(६)
नभमा नटराज ! शोभन
जब मिल्किन्छ ठुलो गजाजिन ।
प्रभुको अनि चल्छ ताण्डव
सब भन्छन् तर त्यो कहाँ ? कब ?
(७)
कुन त्यो विभुको गजाजिन
किन याँकिन्छ र हुन्छ नर्तन ।
अति गूढ रहस्य नाथको
गति पुग्थ्यो कसरी अनाथको ?