Page:Lalitya bhag 1 ra 2.pdf/23: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} धपधप बल्दो गोलाऽऽकार ::प्रभुको मण्डल पारावार । जसका लाखन रश्मि-तरङ्ग ::सबतिर छर्छन् अद्भुत रङ्ग ॥ {{pcn|(९)}} प्रभुको मण्डल ज्योतिष्कोश ::पर्दछ टाढा लाखन कोस । त..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 17:17, 15 June 2025
This page has been proofread
(८)
धपधप बल्दो गोलाऽऽकार
प्रभुको मण्डल पारावार ।
जसका लाखन रश्मि-तरङ्ग
सबतिर छर्छन् अद्भुत रङ्ग ॥
(९)
प्रभुको मण्डल ज्योतिष्कोश
पर्दछ टाढा लाखन कोस ।
तैपनि हामी ज्योतिर्धारा-
सम्पति भोग्छौँ घर घर सारा ॥
(१०)
धमिलो भ्रम वा तम पर सारी
जीव-जगत्को नजर उघारी ।
गरने सब यो विश्व-विकास
प्रभु नभए को लेला सास ?
(११)
प्रभु-विन न त यो चल्दछ सृष्टि
खुल्दछ न त यो चेतनदृष्टि ।
अब कुन अर्को ईश्वर जानी
उसको म बनूँ भक्त ज्ञानी ॥