Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/22: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} रङ्ग बदल्दै दुनियाँभरको ::दिन, ऋतु, महिना, संवत्सरको । चक्र निरन्तर प्रभुका भरमा ::घुम्दछ फनफन दुर्गम सुरमा ॥ {{pcn|(५)}} ऋषि, मुनि, हाम्रा ऋक्‌, यजु, साम ::वेदत्रयको..."
 
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread

Revision as of 17:14, 15 June 2025

This page has been proofread

(४)
रङ्ग बदल्दै दुनियाँभरको
दिन, ऋतु, महिना, संवत्सरको ।
चक्र निरन्तर प्रभुका भरमा
घुम्दछ फनफन दुर्गम सुरमा ॥

(५)
ऋषि, मुनि, हाम्रा ऋक्‌, यजु, साम
वेदत्रयको उज्ज्वल धाम ।
प्रभुकन जानी साँझबिहान
निश्चल गर्छन्‌ घटमा ध्यान ॥

(६)
नीलो नभोमय सरमा भारी
राजहंसको लीला धारी |
खेलिरहेको जुग-जुग-सम्म
प्रभुको महिमा अगम अचम्म ॥

(७)
सृष्टि-स्थिति-लय-लीलाकारी
ब्रह्मा, विष्णु त्रिपुरसंहारी
तीन देवको चित्र चरित्र
गुप्त छ प्रभुकै महिमा-भित्र ॥