Jump to content

Page:Shakuntala.pdf/191: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
ककल्‌ कलकलाउँदी पलिलले झझल्‌ झल्‌ बनी ।
ककल्‌ कलकलाउँदी सलिलले झझल्‌ झल्‌ बनी ।
::सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्‌छल ॥
::सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्‌छल ॥
विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा ।
विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा ।
::स्‌कोमल निनादिनी लहरले घुमौरी ननी
::सुकोमल निनादिनी लहरले घुमौरी बनी
छचल्‌ मचल शौलकी त्वरितगामिनी सुन्दरी ।
छचल्‌ मचल शैलकी त्वरितगामिनी सुन्दरी ।
::करद्दगहरुकी तृषा वन-सिँगार बग्दी स्रा
::कुरङ्गहरुकी तृषा वन-सिँगार बग्दी सुरा
हरा पुलिनसुन्दरी कसुमकी विलासी गति ।
हरा पुलिनसुन्दरी कुसुमकी विलासी गति ।
::छ गानपथधमा लता बहुल वृक्ष श्रृङ्गारकी ॥
::छ गानपथमा लता बहुल वृक्ष श्रृङ्गारकी ॥
शिला छ मसिन्याउँदी चपल लोललाई कँदी
शिला छ मसिन्याउँदी चपल लोललाई कुँदी
::सलक्क मृदु बादुला सरस स्निग्ध पारीकन ॥
::सलक्क मृदु बाटुला सरस स्निग्ध पारीकन ॥
त्यहाँ सरस ठाउँमा कसुमदार पत्रादिले ।
त्यहाँ सरस ठाउँमा कुसुमदार पत्रादिले ।
::घनी लहरले छुने छिनछिनै रमाई सुधा ॥
::धनी लहरले छुने छिनछिनै रमाई सुधा ॥
विहड्गम कराउने कुसुमकालको हृद्घ्वनि ।
विहङ्गम कराउने कुसुमकालको हृद्घ्वनि ।
::हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥
::हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥
छिरीबिरी सुचारुता मधुर शान्तिको शासन ।
छिरीबिरी सुचारुता मधुर शान्तिको शासन ।
::गरेर मृद्‌ मर्मरी कवि बनाउँदी छन्‌ चरा ॥
::गरेर मृदु मर्मरी कवि बनाउँदी छन्‌ चरा ॥
कनासरि छ स्वर्गको रँग र रूप गानाभरी ।
कुनासरि छ स्वर्गको रँग र रूप गानाभरी ।
::मुशीतल हरा हवा मधुर चल्छ हरहर्‌ गरी ॥
::सुशीतल हरा हवा मधुर चल्छ हर्‌हर्‌ गरी ॥
नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर ।
नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर ।
::छ दीपरस भूपले ललित ठाउँमा एकलौ
::छ दीपरस भूपले ललित ठाउँमा एकलो
{{pcn|(१०२)}}
{{pcn|(१०२)}}


वसन्त क्रत्‌ बागमा प्रकृतिको सफा भागमा ।
वसन्त ऋतु बागमा प्रकृतिको सफा भागमा ।
::विहड्गम विहागमा नवमुना नयाँ रागमा ॥
::विहङ्गम विहागमा नवमुना नयाँ रागमा ॥
हवा मृद्‌ परागमा हुदय खोजको लागुमा !
हवा मृदु परागमा हृदय खोजको लागुमा !
::वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥
::वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥
{{pcn|(१०३)}}
{{pcn|(१०३)}}


प्रभाकर प्रतापका मृदुल रषमिका छन्‌ यहाँ ।
प्रभाकर प्रतापका मृदुल रश्मिका छन्‌ यहाँ ।
::सुषीतला हवा हँदा मध्र श्वास झैं पत्रको ॥
::सुशीतला हवा हुँदा मधुर श्वास झैं पत्रको ॥
विचित्र वन चित्र छन्‌ पवनमा सजीवानन ।
विचित्र वन चित्र छन्‌ पवनमा सजीवानन ।
::छ कद्दमल फुकाउँदो उर सुगन्धको रञ्जन ॥
::छ कुड्मल फुकाउँदो उर सुगन्धको रञ्जन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 22:16, 5 May 2025

This page has been proofread

ककल्‌ कलकलाउँदी सलिलले झझल्‌ झल्‌ बनी ।
सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्‌छल ॥
विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा ।
सुकोमल निनादिनी लहरले घुमौरी बनी ॥
छचल्‌ मचल शैलकी त्वरितगामिनी सुन्दरी ।
कुरङ्गहरुकी तृषा वन-सिँगार बग्दी सुरा ॥
हरा पुलिनसुन्दरी कुसुमकी विलासी गति ।
छ गानपथमा लता बहुल वृक्ष श्रृङ्गारकी ॥
शिला छ मसिन्याउँदी चपल लोललाई कुँदी ।
सलक्क मृदु बाटुला सरस स्निग्ध पारीकन ॥
त्यहाँ सरस ठाउँमा कुसुमदार पत्रादिले ।
धनी लहरले छुने छिनछिनै रमाई सुधा ॥
विहङ्गम कराउने कुसुमकालको हृद्घ्वनि ।
हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥
छिरीबिरी सुचारुता मधुर शान्तिको शासन ।
गरेर मृदु मर्मरी कवि बनाउँदी छन्‌ चरा ॥
कुनासरि छ स्वर्गको रँग र रूप गानाभरी ।
सुशीतल हरा हवा मधुर चल्छ हर्‌हर्‌ गरी ॥
नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर ।
छ दीपरस भूपले ललित ठाउँमा एकलो ॥
(१०२)

वसन्त ऋतु बागमा प्रकृतिको सफा भागमा ।
विहङ्गम विहागमा नवमुना नयाँ रागमा ॥
हवा मृदु परागमा हृदय खोजको लागुमा !
वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥
(१०३)

प्रभाकर प्रतापका मृदुल रश्मिका छन्‌ यहाँ ।
सुशीतला हवा हुँदा मधुर श्वास झैं पत्रको ॥
विचित्र वन चित्र छन्‌ पवनमा सजीवानन ।
छ कुड्मल फुकाउँदो उर सुगन्धको रञ्जन ॥