Page:Shakuntala.pdf/204: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
" | "कुशल नै छ के वनपरीहरू ? | ||
::वन घुमी घुमी चट्ट भेट भो ॥ | ::वन घुमी घुमी चट्ट भेट भो ॥ | ||
हृदयमा | हृदयमा भयो अति प्रसन्नता । | ||
::अति उराठमा पो थिएँ म ता ॥" | ::अति उराठमा पो थिएँ म ता ॥" | ||
{{pcn|(१७२)}} | {{pcn|(१७२)}} | ||
Line 9: | Line 9: | ||
भाव चित्तका सब छिपाउँदी । | भाव चित्तका सब छिपाउँदी । | ||
::नजर हेर्दछिन् ती शकुन्तला ॥ | ::नजर हेर्दछिन् ती शकुन्तला ॥ | ||
चकितलोचनी | चकितलोचनी विनत चारुता । | ||
:: | ::कुसुम झाँगको आड खोज्दछिन् ॥ | ||
{{pcn|(१७३)}} | {{pcn|(१७३)}} | ||
Line 16: | Line 16: | ||
::प्रभु उदाउँदा विपिनबीचमा ॥ | ::प्रभु उदाउँदा विपिनबीचमा ॥ | ||
कलनिनादका नभ-चरीहरू । | कलनिनादका नभ-चरीहरू । | ||
:: | ::हृदयपङ्खले गर्न स्वागत ॥ | ||
{{pcn|(१७४)}} | {{pcn|(१७४)}} | ||
"दिल हुँदा हुँदै | "दिल हुँदा हुँदै शाब्द शून्यता । | ||
::जलद बीचमा शीघ्र बेपता ॥ | ::जलद बीचमा शीघ्र बेपता ॥ | ||
बन्दछौ प्रभा अमित रत्नका । | |||
:: | ::विश्ववन्द्यका किरणसामुमा ॥" | ||
यति भनी त्यहाँ मधु प्रियम्वदा । | यति भनी त्यहाँ मधु प्रियम्वदा । | ||
::हृदय भूपको | ::हृदय भूपको खुश गराउँदछिन् ॥ | ||
{{pcn|(१७५)}} | {{pcn|(१७५)}} | ||
चार | चार चञ्चला अघि सरीकन । | ||
::नृपतिसामुमा विन्ति गर्दछिन् ॥ | ::नृपतिसामुमा विन्ति गर्दछिन् ॥ | ||
"सखि | "सखि शकुन्तला खोज्दछिन् यहाँ । | ||
:: | ::विन्ति गर्न क्यै एकली बनी ॥ | ||
{{pcn|(१७६)}} | {{pcn|(१७६)}} | ||
पर हिँडूँ सबै शर्म क्यै नली । | पर हिँडूँ सबै शर्म क्यै नली । | ||
::हृदयको | ::हृदयको कुरा सखि, बताउनू ॥ | ||
समय मिल्छ यो सुनहला कहाँ । | समय मिल्छ यो सुनहला कहाँ । | ||
::लौ त, हिँड्दछौं बस सखे ! | ::लौ त, हिँड्दछौं बस सखे ! यहाँ ॥" | ||
{{pcn|(१७७)}} | {{pcn|(१७७)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:51, 14 May 2025
"कुशल नै छ के वनपरीहरू ?
वन घुमी घुमी चट्ट भेट भो ॥
हृदयमा भयो अति प्रसन्नता ।
अति उराठमा पो थिएँ म ता ॥"
(१७२)
भाव चित्तका सब छिपाउँदी ।
नजर हेर्दछिन् ती शकुन्तला ॥
चकितलोचनी विनत चारुता ।
कुसुम झाँगको आड खोज्दछिन् ॥
(१७३)
दिल खुलेसरी स्वर्ण कान्तिले ।
प्रभु उदाउँदा विपिनबीचमा ॥
कलनिनादका नभ-चरीहरू ।
हृदयपङ्खले गर्न स्वागत ॥
(१७४)
"दिल हुँदा हुँदै शाब्द शून्यता ।
जलद बीचमा शीघ्र बेपता ॥
बन्दछौ प्रभा अमित रत्नका ।
विश्ववन्द्यका किरणसामुमा ॥"
यति भनी त्यहाँ मधु प्रियम्वदा ।
हृदय भूपको खुश गराउँदछिन् ॥
(१७५)
चार चञ्चला अघि सरीकन ।
नृपतिसामुमा विन्ति गर्दछिन् ॥
"सखि शकुन्तला खोज्दछिन् यहाँ ।
विन्ति गर्न क्यै एकली बनी ॥
(१७६)
पर हिँडूँ सबै शर्म क्यै नली ।
हृदयको कुरा सखि, बताउनू ॥
समय मिल्छ यो सुनहला कहाँ ।
लौ त, हिँड्दछौं बस सखे ! यहाँ ॥"
(१७७)