Page:Shakuntala.pdf/196: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 11: | Line 11: | ||
सिँगार सुखमा थपी मधुर नृत्य झै बैँसको । | सिँगार सुखमा थपी मधुर नृत्य झै बैँसको । | ||
::बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥ | ::बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥ | ||
{{pcn|( | {{pcn|(१२५)}} | ||
जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी । | जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी । | ||
Line 37: | Line 37: | ||
झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं । | झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं । | ||
::मजा युवतिको यही यति नजान्न् मूर्ख सही ॥ | ::मजा युवतिको यही यति नजान्न् मूर्ख सही ॥ | ||
{{pcn|( | {{pcn|(१२९)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:37, 30 April 2025
सबै अधर बोल्दछन् कसुमका रसीला कुरा ।
फुकाउन उरोज नै प्रकृतिको छ चाला यहाँ ॥
सुवासहरु लादिने पवन आउँछन् 'दौ' भनी ।
नयाँ खबर भित्रका मृदुल बैंसका पत्रमा ॥
(१२४)
पसी किरण कोपिलासरि तिमी त लाटी बन्यौ ।
हिलाउनु चलाउनु प्रकृत भावमा ज्ञानले ॥
सिँगार सुखमा थपी मधुर नृत्य झै बैँसको ।
बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥
(१२५)
जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी ।
पठाउनु रहस्यका नजर ओठ बोल्नै गरी ॥
अनेक दिलका करा अरु खुलस्त पार्ने ढँग ।
सने युवति जान्दछन् तर हरे ! तिमी मूक छौ ॥
(१२६)
छ फुल्नु अनि फुक्नु नै प्रकृतिको मजा पोडशी ।
न भै चपलता त्यसै प्रिय करा कनै के नुझ्न् ॥
पयोधितिर प्रेयसी पयरमा दर्गुछन् छिटा ।
वसन्तसँग कोयली पनि छिपी लुकी बोल्दछे ॥
(१२७)
उषा कनकप्रातमा रवि भजी सिँगारीकन ।
सबै विहगका गला स्वर बनाउँछिन् रुन्फन ॥
तिमी शारमकी गुफा तिमिरमा बसी मिर्मिर । .
सधैं लुक यसै गरी प्रकृतभाव त्यागी पर ॥
(१२८)
सुमूर्ख शरमाउँदी कति सुखी मुधी र लाटी तिमी ।
न बोल्न पनि विरह मूक नन्नू भुनी ॥
छ खोज्नु भैंवरा यहाँ मह दिएर लट्रुचाउनु ।
सिँगार गुण गाउनै कबि बनाउँदै ल्याउनु ॥
झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं ।
मजा युवतिको यही यति नजान्न् मूर्ख सही ॥
(१२९)