Jump to content

Page:Shakuntala.pdf/184: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 37: Line 37:
यौटै पुष्प टिपेर च्यात करले हेरी फुलेको उर ।
यौटै पुष्प टिपेर च्यात करले हेरी फुलेको उर ।
::बास्ना मात्र सुँघेर त्यौ बुझ तिमी कस्तो छ प्रेमातुर ॥"
::बास्ना मात्र सुँघेर त्यौ बुझ तिमी कस्तो छ प्रेमातुर ॥"
{{pcn|(८९)}}
{{pcn|(६९)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:27, 30 April 2025

This page has not been proofread

लाली थोर गुलानकी वदनमा श्रीतुल्य वासन्तिकी ।
लज्जादार प्रसून लज्जत लिने लालित्य झै लोककी ॥
आत्माकी अति तृप्त ती प्रभुजिको सौन्दर्यको सिर्जना ।
ती आभा विधुकी झरीपछि कतै खुल्ने कुनै जुक्ति के ?"
(६४)

कतै वल्लीलाई कसुमहरुकी चन्द्रछविमा ।
त्यसै सुत्दी देखी पवन पनि सुत्दा विपिनमा ॥
अनेर्को छायाले भुइँकन दिँदा भूषणहरू ।
उनी सोध्ये "सुत्छयौ मकन नदिई नीद निठ्री ?"
(६५)

चराले बौल्दामा पिउ पिउ गरी पुष्पधनमा ।
"तँ बुभ्खस्‌ के मेरौ मन अलिकति प्रेम-क्षणमा ॥"
भनी सोद्धै भन्छन्‌ रवहरु सुनेकी तर तिनी ।
सचेता बन्छिन्‌ ती नुपति छ विलौनामय भनी ॥
(६६)

बोल्दा प्रात विहङ्ग कण्ठ रँगिलो, ञषा विहारी दुृग ।
तेजीलो नरमी भुवा उरभरी लाम्चो उठेको अलि ॥
मीठो ढुक्ढुकले सुनोल नभको देखेर शोभा नव ।
जिह्वा पल्लव-कम्पले सरस भै बोल्दो वसन्ती दिल ॥
(६७)

त्यो भै चारु प्रशाख नीड हरियोनेरै बसी प्रातको ।
भाले छविको उड्ँसरि हुँदो बोलेर मीठा करा ॥
त्यस्तो पड्ख रँगीनको वन-शिशु प्रारम्भको गानमा ।
देखी ती नृप भन्दछन्‌- "विपिनका शाकुन्तशोभा तँ जा ॥
(६८)

भन्दै दिव्य सँगीसितै यति करा यौटा छ दुःखी यहाँ ।
प्रेमी आर्त प्रकाशाभीर जलले बोल्ने, भिजेको दृग ॥
त्यो तिम्रो दिलको अनन्त विरही दानाहरू बर्बर ।
झारी हिँड्छ प्रसूनमा र दिलको बास्ना त्यहाँ भ्दछ ॥
यौटै पुष्प टिपेर च्यात करले हेरी फुलेको उर ।
बास्ना मात्र सुँघेर त्यौ बुझ तिमी कस्तो छ प्रेमातुर ॥"
(६९)