Jump to content

Page:Shakuntala.pdf/174: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
जसनिम्ति वसुन्धरा सन
जसनिम्ति वसुन्धरा सब
::पतिको मान दिई सिँगारिने ॥
::पतिको मान दिई सिँगारिने ॥
उसनिम्ति छ शून्य नै सन
उसनिम्ति छ शून्य नै सब
::नहुँदा आज शकन्तला त्यहाँ ॥
::नहुँदा आज शकुन्तला त्यहाँ ॥
{{pcn|(५)}}
{{pcn|(५)}}


जसको विजयी छटा थियो ।
जसको विजयी छटा थियो ।
::अन आँखा जलले भिजाउँछन्‌ ॥
::अब आँखा जलले भिजाउँछन्‌ ॥
उरका सनका महारवि ।
उरका सबका महारवि ।
::अन ती बादल झैं रसाउँछन्‌ ॥
::अब ती बादल झैं रसाउँछन्‌ ॥
{{pcn|(६)}}
{{pcn|(६)}}


महलै पनि निर्सिईकन
महलै पनि बिर्सिईकन
::घर छोडेर विलास औ धन ॥
::घर छोडेर विलास औ धन ॥
तपका वनमा बसी तिनी ।
तपका वनमा बसी तिनी ।
::अन भज्छन्‌ विरहानला$तप
::अब भज्छन्‌ विरहानलाऽतप
{{pcn|(७)}}
{{pcn|(७)}}


पृथिवीभरका अधीश्वर ।
पृथिवीभरका अधीश्वर ।
::जसका द्वार महेन्द्र आउँथे ॥
::जसका द्वार महेन्द्र आउँथे ॥
अन ती वननीच एकला ।
अब ती वनबीच एकला ।
::दिन नै याचक झैं निताउँथे
::दिन नै याचक झैं बिताउँथे
सपनासरि द्रव्य सुन्दर ।
सपनासरि द्रव्य सुन्दर ।
::अन मागी वनकी शकन्तला
::अब मागी वनकी शकुन्तला
{{pcn|(८)}}
{{pcn|(८)}}


Line 33: Line 33:
{{pcn|(९)}}
{{pcn|(९)}}


सन प्यास हटाउने नृप ।
सब प्यास हटाउने नृप ।
::जनको स्वर्गसमान भूमिमा ॥
::जनको स्वर्गसमान भूमिमा ॥
अन प्यास लिई नमेटिने ।
अब प्यास लिई नमेटिने ।
::किन दुःखी वनमा गई बने ?
::किन दुःखी वनमा गई बने ?
{{pcn|(१०)}}
{{pcn|(१०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:37, 4 May 2025

This page has been proofread

जसनिम्ति वसुन्धरा सब ।
पतिको मान दिई सिँगारिने ॥
उसनिम्ति छ शून्य नै सब ।
नहुँदा आज शकुन्तला त्यहाँ ॥
(५)

जसको विजयी छटा थियो ।
अब आँखा जलले भिजाउँछन्‌ ॥
उरका सबका महारवि ।
अब ती बादल झैं रसाउँछन्‌ ॥
(६)

महलै पनि बिर्सिईकन ।
घर छोडेर विलास औ धन ॥
तपका वनमा बसी तिनी ।
अब भज्छन्‌ विरहानलाऽतप ॥
(७)

पृथिवीभरका अधीश्वर ।
जसका द्वार महेन्द्र आउँथे ॥
अब ती वनबीच एकला ।
दिन नै याचक झैं बिताउँथे ॥
सपनासरि द्रव्य सुन्दर ।
अब मागी वनकी शकुन्तला ॥
(८)

कि त लाख रहेछ माधुरी ?
वनकी ती दृहिताभरी त्यहाँ ?
सपयोधि सशस्य मेदिनी-
कन त्यागी किन हिँड्दथे तिनी ?
(९)

सब प्यास हटाउने नृप ।
जनको स्वर्गसमान भूमिमा ॥
अब प्यास लिई नमेटिने ।
किन दुःखी वनमा गई बने ?
(१०)