Page:Ek chihan.pdf/113: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
सोह्रमा तान्दा एक्का आएको जस्तो भयो । | सोह्रमा तान्दा एक्का आएको जस्तो भयो । | ||
रामखेलावन राउत | रामखेलावन राउत शिव नारानको खेतमा दुई–चार चोटि आउँदैमा | ||
शिव नारानले नानीथकुं र रामखेलावन राउत बीचमा मिठो भाव रहेको | |||
सङ्केत पाइसकेका थिए । अर्को कुरा, नानीथकुंको बिहे झटपट सिद्ध्याउनु | सङ्केत पाइसकेका थिए । अर्को कुरा, नानीथकुंको बिहे झटपट सिद्ध्याउनु | ||
पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले | पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले | ||
र आफ्ना सिद्धान्तले चाहेजस्तै संयोग मिलिरहेको थियो । त्यसैले | र आफ्ना सिद्धान्तले चाहेजस्तै संयोग मिलिरहेको थियो । त्यसैले शिव नारान | ||
मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरिरहन्थे ? | मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरिरहन्थे ? | ||
Line 17: | Line 17: | ||
चाँडै घर फर्कनुपरेको हुनाले विवाहको तिथि भरसक झट्टै तोक्ने | चाँडै घर फर्कनुपरेको हुनाले विवाहको तिथि भरसक झट्टै तोक्ने | ||
प्रार्थना रामखेलावन राउतले गरे । | प्रार्थना रामखेलावन राउतले गरे । शिव नारान आफैँ झट्टै बिहे सिद्ध्याउन | ||
चाहिरहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । रामखेलावन राउतको | चाहिरहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । रामखेलावन राउतको | ||
अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनुपरेकाले अझ पर्सि | अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनुपरेकाले अझ पर्सि | ||
नै बिहे गर्ने | नै बिहे गर्ने शिव नारानले राय दिए । रामखेलावन राउत मात्र किन पछि | ||
हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरिहाले । | हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरिहाले । | ||
⬥ | ⬥ | ||
अस्ति मात्र | अस्ति मात्र 'पर्सि' भनेर तीन दिन बाँकी भएको तिथि अहिले 'आज' | ||
भएर अगाडि आइरहेको छ । आज नानीथकुंको विवाहको दिन, सबै खुसी | भएर अगाडि आइरहेको छ । आज नानीथकुंको विवाहको दिन, सबै खुसी | ||
भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुं त झन् यति | भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुं त झन् यति |
Revision as of 22:12, 22 June 2025
रामखेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुं मन पर्न गएजस्तै नानीथकुंलाई पनि पुलुक्क हेराइमै रामखेलावन राउत राम्रो लाग्न गएछन् । झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई सोह्रमा तान्दा एक्का आएको जस्तो भयो ।
रामखेलावन राउत शिव नारानको खेतमा दुई–चार चोटि आउँदैमा शिव नारानले नानीथकुं र रामखेलावन राउत बीचमा मिठो भाव रहेको सङ्केत पाइसकेका थिए । अर्को कुरा, नानीथकुंको बिहे झटपट सिद्ध्याउनु पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले र आफ्ना सिद्धान्तले चाहेजस्तै संयोग मिलिरहेको थियो । त्यसैले शिव नारान मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरिरहन्थे ?
प्रसङ्ग पेस हुनासाथै रामखेलावन राउतले मन्जुर गरे, नानीथकुंले पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुंलाई एक चोटि त अलि कस्तोकस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! नानीथकुं प्रसन्न नै थिइन् ।
चाँडै घर फर्कनुपरेको हुनाले विवाहको तिथि भरसक झट्टै तोक्ने प्रार्थना रामखेलावन राउतले गरे । शिव नारान आफैँ झट्टै बिहे सिद्ध्याउन चाहिरहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । रामखेलावन राउतको अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनुपरेकाले अझ पर्सि नै बिहे गर्ने शिव नारानले राय दिए । रामखेलावन राउत मात्र किन पछि हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरिहाले ।
⬥
अस्ति मात्र 'पर्सि' भनेर तीन दिन बाँकी भएको तिथि अहिले 'आज' भएर अगाडि आइरहेको छ । आज नानीथकुंको विवाहको दिन, सबै खुसी भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुं त झन् यति खुसी छन् कि भन्न लाज मानेर मात्रै उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई लागिरहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुंको सौन्दर्य झन् चम्केको देखियो ।