Jump to content

Page:Ek chihan.pdf/112: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य  
दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य  
छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम रामखेलावन हो, अनि उनको  
छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम रामखेलावन हो, अनि उनको  
थर कुर्मी; कुर्मी थरलाई ‘राउत’ पनि भन्छन् ।  
थर कुर्मी; कुर्मी थरलाई 'राउत' पनि भन्छन् ।  


रामखेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका  
रामखेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका  
बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र  
बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र  
आमा- बस, परिवारको नाममा यत्तिकै । घुमीघुमीकन काठमाडौँ उपत्यकाको  
आमा– बस, परिवारको नाममा यत्तिकै । घुमीघुमीकन काठमाडौँ उपत्यकाको  
खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली  
खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली  
अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो ।  
अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो ।  

Revision as of 22:12, 22 June 2025

This page has not been proofread

दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम रामखेलावन हो, अनि उनको थर कुर्मी; कुर्मी थरलाई 'राउत' पनि भन्छन् ।

रामखेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र आमा– बस, परिवारको नाममा यत्तिकै । घुमीघुमीकन काठमाडौँ उपत्यकाको खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो । यहाँका किसानहरूलाई मधेसमा लगेर खेती गराउने र उहाँका किसानहरूलाई सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए ।

खेतका खेत डुल्दै गर्दा रामखेलावन राउतको भेटघाट र चिनजान भएको थियो शिव नारानसँग । नानीथकुं पनि खेतमै काम गरि रहने हुनाले रामखेलावनले देख्न पाइरहेकै थिए । नानीथकुंमा पनि गुणको कमी थिएन । केही कम थियो त पढाइ मात्रै हो, तर पढेर, शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले नानीथकुंमा देखिरहेका थिए । नानीथकुंको सौन्दर्य र अरू सबै व्यावहारिक गुण देखी रामखेलावन मुग्ध भएर भित्रभित्रै लोभिइरहेका थिए । झन् विवाहको कुरा पेस भइदिँदा त उनी एकाएक आह्लादित भए ।

दुनियाँमा सब थोक हुन गाह्रो छ, समय लाग्छ, श्रम लाग्छ, बुद्धि खर्चिनुपर्छ, तर प्रेम हुन केही गाह्रो छैन, समय लाग्दैन, श्रम र बुद्धिको पनि खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, एकछिनमै प्रेम सम्बन्ध जोड्नाका निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ । उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि बढाउने परम साधन भाषासमेत मिल्नेनमिल्ने र जानेनजानेको वास्ता गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर हुन्छन् र अगाडि बढ्छन् ।