Page:Ek chihan.pdf/108: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हर्ष नारान आज माहिला तामाङकहाँ जुवाईं बनेर आइरहेका छन् । | |||
उनका साथमा दाजु | उनका साथमा दाजु पुन नारान पनि छन् । दिनभरि | ||
भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई | भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई | ||
विशेष खुवाउने, पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने | विशेष खुवाउने, पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने | ||
सम्मानमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैले ती | सम्मानमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैले ती | ||
दाजुभाइलाई बडो आदरसाथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको | दाजुभाइलाई बडो आदरसाथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको | ||
शिष्टता देखेर | शिष्टता देखेर पुन नारानहरू ज्यादै खुसी भए । | ||
छोरीलाई अरू केही दिन नसके पनि गोडापन्ध्रक रुपियाँ सापट | छोरीलाई अरू केही दिन नसके पनि गोडापन्ध्रक रुपियाँ सापट | ||
Line 16: | Line 16: | ||
आँखा घुमाएर आह्लादित भइरहन्छिन् । पुतलीले आज रातो धागो हालेर | आँखा घुमाएर आह्लादित भइरहन्छिन् । पुतलीले आज रातो धागो हालेर | ||
कपाल बाटेकी छिन्, निधारमा टाढैबाट देखिने एउटा ठुलो सितारा, ओठ र | कपाल बाटेकी छिन्, निधारमा टाढैबाट देखिने एउटा ठुलो सितारा, ओठ र | ||
गालामा लाली पनि लाएकी छिन् । उनले आज आफूलाई | गालामा लाली पनि लाएकी छिन् । उनले आज आफूलाई 'स्वर्गकी परी' जस्तै | ||
राम्री ठानेकी छिन् । | राम्री ठानेकी छिन् । | ||
हर्ष नारानहरू पुगेको करिब एक घण्टापछि माहिला तामाङले पुतलीलाई | |||
बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि | बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि | ||
आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए । | आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए । |
Revision as of 22:12, 22 June 2025
हर्ष नारान आज माहिला तामाङकहाँ जुवाईं बनेर आइरहेका छन् । उनका साथमा दाजु पुन नारान पनि छन् । दिनभरि भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई विशेष खुवाउने, पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने सम्मानमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैले ती दाजुभाइलाई बडो आदरसाथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको शिष्टता देखेर पुन नारानहरू ज्यादै खुसी भए ।
छोरीलाई अरू केही दिन नसके पनि गोडापन्ध्रक रुपियाँ सापट लिएर माहिला तामाङले गौनको फरिया, मखमलको चोलो र खास्टो पहिराएर सुसज्जित पारिराखेका थिए । पुतलीले यति धेरै लुगा एकै चोटि लाउन पाएको उनको जिन्दगीमा पहिलो पटक हो । आफ्ना अनन्य प्रेमीका साथसाथै यस्ता नयाँ लुगा लाउन पाएकाले आज पुतली साहै प्रफुल्ल छिन् । उनी घरी आफूलाई लैजान आफ्नो अगाडि हाँसि रहेका आफ्ना जीवनधनलाई लुकीछिपी हेरिरहन्छिन्, घरी आफ्ना लुगातिर आँखा घुमाएर आह्लादित भइरहन्छिन् । पुतलीले आज रातो धागो हालेर कपाल बाटेकी छिन्, निधारमा टाढैबाट देखिने एउटा ठुलो सितारा, ओठ र गालामा लाली पनि लाएकी छिन् । उनले आज आफूलाई 'स्वर्गकी परी' जस्तै राम्री ठानेकी छिन् ।
हर्ष नारानहरू पुगेको करिब एक घण्टापछि माहिला तामाङले पुतलीलाई बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए ।
बिदाइको बेला उनकी आमाले केवल यतिसिवाय मुखबाट बोली निकाल्न सकिनन् – "राम्रोसँग बसी सबैलाई खुसी पार !"
माहिला तामाङले छोरीलाई दिन ल्याएको डोको, नाम्लो र हँसिया सुम्पिँदै भने – "छोरी ! लौ यो डोको, नाम्लो र हँसियालाई कहिले पनि नबिर्स र खर्पन, नोल, कोदालीको साथ सुहाएर नेपाललाई हँसाउने कोशिश गर ।"