Page:Ek chihan.pdf/103: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{left|{{larger|'''सत्ताइस'''}}}} | {{left|{{larger|'''सत्ताइस'''}}}} | ||
आज | आज हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फलिफुलिरहेको | ||
देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको | देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको | ||
लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइरहेकी | लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइरहेकी | ||
थिइन् । उनले | थिइन् । उनले हर्ष नारान एक्लै हाँसी भऱ्याङ उक्लिरहेको देखिन् । माथि | ||
बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइनसक्नु भई झुसीबाट पोखिइरहेको | बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइनसक्नु भई झुसीबाट पोखिइरहेको | ||
लतमायाले पाइन् । | लतमायाले पाइन् । | ||
लतमायाले अनौठो मानेर | लतमायाले अनौठो मानेर सोधिन्– "किन हर्ष नारान ! | ||
तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म | तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म | ||
देखेकी थिइनँ ।" | देखेकी थिइनँ ।" | ||
"मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश | "मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश हर्ष नारान बोले । | ||
"के भन न, मदेखि पनि लाज ?" लतमायाले भनिन् । | "के भन न, मदेखि पनि लाज ?" लतमायाले भनिन् । | ||
Line 19: | Line 19: | ||
"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज | "अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज | ||
एकाएक बिहे गर्न तम्सिरहेछौ । भन | एकाएक बिहे गर्न तम्सिरहेछौ । भन हर्ष नारान ! कुरा के छ ?" | ||
"अब मलाई बिहे गर्न मन लाग्यो आमा !" | "अब मलाई बिहे गर्न मन लाग्यो आमा !" | ||
Line 26: | Line 26: | ||
"त्यसैले आमा । मलाई झट्टै बिहे गर्न मन लागेको । कसैले मलाई | "त्यसैले आमा । मलाई झट्टै बिहे गर्न मन लागेको । कसैले मलाई | ||
प्रेम गरेको पाएँ आमा ।" दङ पर्दै | प्रेम गरेको पाएँ आमा ।" दङ पर्दै हर्ष नारानले भने । | ||
"कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन | "कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन | ||
खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल | खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल |
Revision as of 22:12, 22 June 2025
आज हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फलिफुलिरहेको देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइरहेकी थिइन् । उनले हर्ष नारान एक्लै हाँसी भऱ्याङ उक्लिरहेको देखिन् । माथि बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइनसक्नु भई झुसीबाट पोखिइरहेको लतमायाले पाइन् ।
लतमायाले अनौठो मानेर सोधिन्– "किन हर्ष नारान ! तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म देखेकी थिइनँ ।"
"मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश हर्ष नारान बोले ।
"के भन न, मदेखि पनि लाज ?" लतमायाले भनिन् ।
"आमा ! म पनि अब बिहे गर्छु ।"
"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज एकाएक बिहे गर्न तम्सिरहेछौ । भन हर्ष नारान ! कुरा के छ ?"
"अब मलाई बिहे गर्न मन लाग्यो आमा !"
"केटी पाइसकेका छौ ?"
"त्यसैले आमा । मलाई झट्टै बिहे गर्न मन लागेको । कसैले मलाई प्रेम गरेको पाएँ आमा ।" दङ पर्दै हर्ष नारानले भने ।
"कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल