Page:Ek chihan.pdf/73: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{ | {{left|{{larger|'''एक्काइस'''}}}} | ||
नानीथकुंलाई रञ्जनादेवीको कुराले साह्रै छोयो, उनको भित्री मन | नानीथकुंलाई रञ्जनादेवीको कुराले साह्रै छोयो, उनको भित्री मन |
Revision as of 19:59, 20 April 2025
नानीथकुंलाई रञ्जनादेवीको कुराले साह्रै छोयो, उनको भित्री मन खलबल पारिदियो । डाक्टर गोदत्तप्रसादकहाँबाट आएर उनी सरासर आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्, आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा दृश्यले आफूलाई गिज्याइरहेको उनले देखिन् । अनि झ्यालबाट आएर फेरि बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गाजस्तो साह्रो उनलाई मालुम भयो । फेरि जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजे जस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागे जस्तो लाग्यो ।
केही नलागेर नानीथकुं माथि गइन् । लतमाया तानकोठामा बसी तान चलाइरहेकी थिइन् । एउटा त निहुँ थाप्नै पर्यो । "आज मलाई बिघ्नै कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले सुतिरहेकी थिएँ ।" नानीथकुंले भनिन् । सोझी लतमायालाई डाक्टर गोदत्तप्रसादकहाँ गएको बिलकुल थाहा भएन, उनी पत्याइरहेकी थिइन् ।
चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर नानीथकुंले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान चलाउँदाचलाउँदै नानीथकुंलाई घरी डाक्टर गोदत्तप्रसादउपरको प्रेम नै