Page:Ek chihan.pdf/72: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हाँस्तै | हाँस्तै नानीथकुँको चिउँडो समातेर रञ्जना देवीले फेरि भनिन्– | ||
"लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई | "लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई | ||
मैले पनि लामो कुरा | मैले पनि लामो कुरा गरि रहेकी हुँ र ?" | ||
नानीथकुँ फेरि मौन हुन लागेकी देखेर रञ्जना देवी फेरि बोलिन्– | |||
" | "डाक्टर साहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन | ||
नानीथकुँ ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख | |||
पाउन सक्ने तिम्रो भविष्य फस्छ ।" | पाउन सक्ने तिम्रो भविष्य फस्छ ।" | ||
नानीथकुँ फेरि अगि जस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जना | |||
देवीले | देवीले भनिन्– "जाऊ, मैले तिम्रो धेरै समय लिइ दिएँ । मैले भनेको कुरा | ||
कत्तिको | कत्तिको ठिक–बेठिक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्दा पनि | ||
खुब गुनेर हेर्नू । | खुब गुनेर हेर्नू । ठिक लागे तिमीलाई नै सुख हुन्छ, बेठिक लागे तिम्रो दशा | ||
बिग्रेको म | बिग्रेको म सम्झुँला । तर नानीथकुँ ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू | ||
है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।" | है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।" | ||
नानीथकुँ रातो मुख लाएर सरासर गइन् । | |||
{{nop}} | {{nop}} |
Latest revision as of 21:33, 22 June 2025
हाँस्तै नानीथकुँको चिउँडो समातेर रञ्जना देवीले फेरि भनिन्– "लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई मैले पनि लामो कुरा गरि रहेकी हुँ र ?"
नानीथकुँ फेरि मौन हुन लागेकी देखेर रञ्जना देवी फेरि बोलिन्– "डाक्टर साहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन नानीथकुँ ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख पाउन सक्ने तिम्रो भविष्य फस्छ ।"
नानीथकुँ फेरि अगि जस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जना देवीले भनिन्– "जाऊ, मैले तिम्रो धेरै समय लिइ दिएँ । मैले भनेको कुरा कत्तिको ठिक–बेठिक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्दा पनि खुब गुनेर हेर्नू । ठिक लागे तिमीलाई नै सुख हुन्छ, बेठिक लागे तिम्रो दशा बिग्रेको म सम्झुँला । तर नानीथकुँ ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।"
नानीथकुँ रातो मुख लाएर सरासर गइन् ।