Page:Laxmi nibandhasangraha.pdf/36: Difference between revisions
→Not proofread: Created page with "पाँचौटा चाहिने कुराहरू दुनियाँमा पाँचौटा चाहिने कुराहरू छन्-ईश्वर, आत्मा, स्वर्ग, नरक, धर्म । ईश्वरविना संसार नै शून्य छ । कारण नभई कार्य हँदैन । हामी "उनी छन्" को विश्वासमा जीवन ध..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पाँचौटा चाहिने कुराहरू | {{Right|{{x-larger|'''पाँचौटा चाहिने कुराहरू'''}}}} | ||
नरक, | दुनियाँमा पाँचौटा चाहिने कुराहरू छन्-ईश्वर, आत्मा, स्वर्ग, | ||
नरक, धर्म। | |||
ईश्वरविना संसार नै शून्य छ। कारण नभई कार्य हुँदैन । हामी | |||
'उनी छन्' को विश्वासमा जीवन धारण गर्दछौं । यत्रो विश्वको काँट र | |||
अडान देख्तादेख्तै यसमा चैतन्ययुक्त महापुरुषको सत्ता देखिंदैन भन्नु | अडान देख्तादेख्तै यसमा चैतन्ययुक्त महापुरुषको सत्ता देखिंदैन भन्नु | ||
अन्धोपन | अन्धोपन हो। यो अनन्ततामा एक ठाउँ खडबड परे कत्रो विप्लव | ||
मच्चिन्छ, तर अणुअणु संगत भएका छन्, ताराको त्यत्रो जगड्वाल | |||
मच्चिन्छ, तर | |||
चाल छ, तर टक्कर छैन, समय र देशमा अभिप्रायपूर्वकका व्यापार | चाल छ, तर टक्कर छैन, समय र देशमा अभिप्रायपूर्वकका व्यापार | ||
देखिन्छन्, सूर्यचन्द्र नीतिको उचित कालीनतासँग काम गर्दछन्। | |||
रूखहरुलाई बीउभित्र हालिदिएको छ, बीउहरूलाई रूखभित्र। दानामा | |||
विश्व छ र विश्वमा दाना छ। यो मिलाप, यो तराजु, यो रौंप्रमाण तौल, | |||
यी चक्रहरू, यी उचित कालीनताका कमहरू सबै भन्दछन्-दिव्य | |||
चैतन्य भन्ने कल्पना होइन तर संसारको सत्य हो। | |||
चित्, संगति, साम्य अभिप्राय-यिनीहरूबाट हामी ईश्वरको सत्ता | |||
मान्दछौं । जडबाट चैतन्य आउँदैन भने यो चैतन्यको मुहान कहीं | मान्दछौं । जडबाट चैतन्य आउँदैन भने यो चैतन्यको मुहान कहीं | ||
हुनुपर्छ । त्यो विराट् चैतन्यलाई परब्रह्म भन्दछन्-त्यस अवस्थामा, जब | |||
हुनुपर्छ । त्यो | विश्वसृष्टि हुनु बाँकी नै थियो, जब इन्द्रियहरूको प्रादुर्भाव भएको थिएन | ||
विश्वसृष्टि हुनु बाँकी नै थियो, | उनी व्याप्त थिए, विशिष्ट भएका थिएनन्। जब प्रथम कामको स्फुरणसाथ | ||
उनी व्याप्त थिए, | |||
उनी सिर्जना आभासित गर्न लागे, अनि उनको स्वरूप व्यक्त हुँदा | उनी सिर्जना आभासित गर्न लागे, अनि उनको स्वरूप व्यक्त हुँदा | ||
स्रष्टाको प्रादुर्भाव | स्रष्टाको प्रादुर्भाव भयो। त्यस अवस्थामा मूर्त भएका विश्वस्रष्टा हाम्रा | ||
ईश्वर | ईश्वर हुन्। | ||
ईश्वरसत्ताका प्रमाणहरू धेरै हुँदाहुन्, तर म न दार्शनिक हूँ, न | |||
वेदान्ती। म आफै सहज बुद्धिले फेला परेका कुराहरू बहस गर्दछु। | |||
चित्, संगति, अभिप्रायको प्रमाण पहिले नै भल्काइसकियो । |
Revision as of 14:03, 30 January 2025
पाँचौटा चाहिने कुराहरू
दुनियाँमा पाँचौटा चाहिने कुराहरू छन्-ईश्वर, आत्मा, स्वर्ग, नरक, धर्म।
ईश्वरविना संसार नै शून्य छ। कारण नभई कार्य हुँदैन । हामी 'उनी छन्' को विश्वासमा जीवन धारण गर्दछौं । यत्रो विश्वको काँट र अडान देख्तादेख्तै यसमा चैतन्ययुक्त महापुरुषको सत्ता देखिंदैन भन्नु अन्धोपन हो। यो अनन्ततामा एक ठाउँ खडबड परे कत्रो विप्लव मच्चिन्छ, तर अणुअणु संगत भएका छन्, ताराको त्यत्रो जगड्वाल चाल छ, तर टक्कर छैन, समय र देशमा अभिप्रायपूर्वकका व्यापार देखिन्छन्, सूर्यचन्द्र नीतिको उचित कालीनतासँग काम गर्दछन्। रूखहरुलाई बीउभित्र हालिदिएको छ, बीउहरूलाई रूखभित्र। दानामा विश्व छ र विश्वमा दाना छ। यो मिलाप, यो तराजु, यो रौंप्रमाण तौल, यी चक्रहरू, यी उचित कालीनताका कमहरू सबै भन्दछन्-दिव्य चैतन्य भन्ने कल्पना होइन तर संसारको सत्य हो।
चित्, संगति, साम्य अभिप्राय-यिनीहरूबाट हामी ईश्वरको सत्ता मान्दछौं । जडबाट चैतन्य आउँदैन भने यो चैतन्यको मुहान कहीं हुनुपर्छ । त्यो विराट् चैतन्यलाई परब्रह्म भन्दछन्-त्यस अवस्थामा, जब विश्वसृष्टि हुनु बाँकी नै थियो, जब इन्द्रियहरूको प्रादुर्भाव भएको थिएन उनी व्याप्त थिए, विशिष्ट भएका थिएनन्। जब प्रथम कामको स्फुरणसाथ उनी सिर्जना आभासित गर्न लागे, अनि उनको स्वरूप व्यक्त हुँदा स्रष्टाको प्रादुर्भाव भयो। त्यस अवस्थामा मूर्त भएका विश्वस्रष्टा हाम्रा ईश्वर हुन्।
ईश्वरसत्ताका प्रमाणहरू धेरै हुँदाहुन्, तर म न दार्शनिक हूँ, न वेदान्ती। म आफै सहज बुद्धिले फेला परेका कुराहरू बहस गर्दछु। चित्, संगति, अभिप्रायको प्रमाण पहिले नै भल्काइसकियो ।