Jump to content

Page:Laxmi nibandhasangraha.pdf/22: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "गठिला हुन्छन्‌ । लोग्नेमानिसहरू बराबर शहर जाने, तेल, कपडा, नून, किनमेल गर्ने गर्दछन्‌ र घरमा बस्ता गाई-भैँसी फुने, गोठाला जाने काममा लाग्दछन्‌ । कामबाट फुर्सत मिलेपछि पिँढीमा बसेर..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
गठिला हुन्छन्‌ । लोग्नेमानिसहरू बराबर शहर जाने, तेल, कपडा, नून,
गठिला हुन्छन्‌ । लोग्नेमानिसहरू बराबर शहर जाने, तेल, कपडा, नून,
किनमेल गर्ने गर्दछन्‌ र घरमा बस्ता गाई-भैँसी फुने, गोठाला जाने
किनमेल गर्ने गर्दछन्‌ र घरमा बस्ता गाई-भैँसी फुने, गोठाला जाने
काममा लाग्दछन्‌ । कामबाट फुर्सत मिलेपछि पिँढीमा बसेर हुक्का
काममा लाग्दछन्‌ । कामबाट फुर्सत मिलेपछि पिँढीमा बसेर हुक्का
Line 6: Line 5:
झगडाहरूमा टीका-टिप्पणी गर्दछन्‌ र एक्लै भए भने भानुभक्तको
झगडाहरूमा टीका-टिप्पणी गर्दछन्‌ र एक्लै भए भने भानुभक्तको
रामायण लिएर फलाक्ने गर्दछन्‌ ।
रामायण लिएर फलाक्ने गर्दछन्‌ ।
एउटा चौतारो छ । ठूलो बरको हाँगादार बोटलाई ईंटले बारेर
एउटा चौतारो छ । ठूलो बरको हाँगादार बोटलाई ईंटले बारेर
बाटुलो पिँढी उठाएको छ, र त्यसका छहारीमा ती पहाडीहरू बस्तछन्‌
बाटुलो पिँढी उठाएको छ, र त्यसका छहारीमा ती पहाडीहरू बस्तछन्‌
 
मध्याह्नको धूपबाट बचाउ लिन्छन्‌ । त्यहाँ कहिलेकहिले नाच र गान
मध्याहनको धृपबाट बचाउ लिन्छन्‌ । त्यहाँ कहिलेकहिले नाच र गान
 
पनि चल्दछ । कोही गाउँखाने कथा हाल्छन्‌, कोही मुरली बजाउँछन्‌,
पनि चल्दछ । कोही गाउँखाने कथा हाल्छन्‌, कोही मुरली बजाउँछन्‌,
जब गाईभैंसीहरू यताउति चरिरहेका हुन्छन्‌ । यहाँ केटाकेटीहरूलाई
जब गाईभैंसीहरू यताउति चरिरहेका हुन्छन्‌ । यहाँ केटाकेटीहरूलाई
पढ्नको उस्तो जरूरत देखिँदैन र यिनीहरू पढ्नभन्दा कामलाई नै
पढ्नको उस्तो जरूरत देखिँदैन र यिनीहरू पढ्नभन्दा कामलाई नै
ज्यादा रुचाउँछन्‌ । बराबर यही बरमनि यिनीहरू लुकामारी खेल्दछन्‌,
ज्यादा रुचाउँछन्‌ । बराबर यही बरमनि यिनीहरू लुकामारी खेल्दछन्‌,
नाच्तछन्‌ र गीत गाउँछन्‌ । केटाकेटीहरू दूध दुहुने, भैंसी चराउने, घाँस
नाच्तछन्‌ र गीत गाउँछन्‌ । केटाकेटीहरू दूध दुहुने, भैंसी चराउने, घाँस
काट्ने काममा बहुत चतुर हुन्छन्‌ ।
काट्ने काममा बहुत चतुर हुन्छन्‌ ।
यहाँ पानीको कमी छ-एउटा पहाडको कुनामा ढुङ्गा रसाएको
यहाँ पानीको कमी छ-एउटा पहाडको कुनामा ढुङ्गा रसाएको
जस्तो सानो कुवा छ, खोक्रो ढुङ्गामा पानी रसाएर भरिएको पानी बहुत
जस्तो सानो कुवा छ, खोक्रो ढुङ्गामा पानी रसाएर भरिएको पानी बहुत
 
निर्मल छ, सारा झिल्टुङलाई त्यसैले पुर्याउँछ, तर दुई हात गहिरो
निर्मल छ, सारा भझिल्टुङलाई त्यसैले पुन्याउँछ, तर दुई हात गहिरो
 
छैन।
छैन।


झिल्टुङ शान्त छ, सोझो छ, लगरीझगरीबाट दूर छ, चाहिने
झिल्टुङ शान्त छ, सोझो छ, लगरीझगरीबाट दूर छ, चाहिने
कुरा फलाउँछ, शानरवाफमा विश्वास गर्दैन, सीधासाधा जीवन नै आर्यको
कुरा फलाउँछ, शानरवाफमा विश्वास गर्दैन, सीधासाधा जीवन नै आर्यको
आदर्श देख्तछ, सब विश्वास श्रद्वा, भक्ति र सनातन रीतिथितिमा अडेको
आदर्श देख्तछ, सब विश्वास श्रद्वा, भक्ति र सनातन रीतिथितिमा अडेको
छ । ब्राह्मणहरू यहाँ गोठाला र किसानरूपमा रहन्छन्‌ । यिनीहरू अरू
छ । ब्राह्मणहरू यहाँ गोठाला र किसानरूपमा रहन्छन्‌ । यिनीहरू अरू
तलाशभन्दा पृथ्वीलाई कोर्नु, बाट्नु, सिंगार्नु नै निको मान्दछन्‌ । गठिलो
तलाशभन्दा पृथ्वीलाई कोर्नु, बाट्नु, सिंगार्नु नै निको मान्दछन्‌ । गठिलो
शरीर, तन्दुरुस्ती र क्रणमा नडुब्नु नै यिनलाई जीवन जस्तो लाग्छ ।
शरीर, तन्दुरुस्ती र ऋणमा नडुब्नु नै यिनलाई जीवन जस्तो लाग्छ ।
 
यिनीहरू आफ्नै हातले उमार्दछन्‌, गोड्दछन्‌, फलाउँछन्‌ र खान्छन्‌ ।
यिनीहरू आफ्नै हातले उमार्दछन्‌, गोड्दछन्‌, फलाउँछन्‌ र खान्छन्‌ ।
आफ्ना-आफ्ना टुक्रामा आफ्नो-आफ्नो किस्मत गर्नु नै मुख्य ध्येय छ ।
आफ्ना-आफ्ना टुक्रामा आफ्नो-आफ्नो किस्मत गर्नु नै मुख्य ध्येय छ ।
 
ढुङ्गिलो भिरालो पहाडको छातीबाट यिनीहरू आफ्ना चाहिंदा चीजहरू
ढुङ्गिलो भिरालो पहाडको छातीबाट यिनीहरू आफ्ना चाहिँदा चीजहरू
 
निकाल्दछन्‌ र यिनीहरूलाई खरखुशामद र झूटा, बाङ्गा चालको जरूरत
निकाल्दछन्‌ र यिनीहरूलाई खरखुशामद र झूटा, बाङ्गा चालको जरूरत
छैन । आफ्ना-आफ्ना टुक्रालाई सानो स्वर्गसमान बनाएका छन्‌, कोरी,
छैन । आफ्ना-आफ्ना टुक्रालाई सानो स्वर्गसमान बनाएका छन्‌, कोरी,
 
बाटी, सिंगारी र यो आत्मसन्तोषी सौन्दर्यको उचाइमा उनीहरू
बाटी, सिँगारी र यो आत्मसन्तोषी सौन्दर्यको उचाइमा
 
उनीहरू
 
पहाडी जीवन/१२

Latest revision as of 21:27, 29 January 2025

This page has been proofread

गठिला हुन्छन्‌ । लोग्नेमानिसहरू बराबर शहर जाने, तेल, कपडा, नून, किनमेल गर्ने गर्दछन्‌ र घरमा बस्ता गाई-भैँसी फुने, गोठाला जाने काममा लाग्दछन्‌ । कामबाट फुर्सत मिलेपछि पिँढीमा बसेर हुक्का दुरदुराउँदै गफ गर्दै रहन्छन्‌, छिमेकीहरूका मामलो र बन्दव्यापार, मुद्दा झगडाहरूमा टीका-टिप्पणी गर्दछन्‌ र एक्लै भए भने भानुभक्तको रामायण लिएर फलाक्ने गर्दछन्‌ ।

एउटा चौतारो छ । ठूलो बरको हाँगादार बोटलाई ईंटले बारेर बाटुलो पिँढी उठाएको छ, र त्यसका छहारीमा ती पहाडीहरू बस्तछन्‌ र मध्याह्नको धूपबाट बचाउ लिन्छन्‌ । त्यहाँ कहिलेकहिले नाच र गान पनि चल्दछ । कोही गाउँखाने कथा हाल्छन्‌, कोही मुरली बजाउँछन्‌, जब गाईभैंसीहरू यताउति चरिरहेका हुन्छन्‌ । यहाँ केटाकेटीहरूलाई पढ्नको उस्तो जरूरत देखिँदैन र यिनीहरू पढ्नभन्दा कामलाई नै ज्यादा रुचाउँछन्‌ । बराबर यही बरमनि यिनीहरू लुकामारी खेल्दछन्‌, नाच्तछन्‌ र गीत गाउँछन्‌ । केटाकेटीहरू दूध दुहुने, भैंसी चराउने, घाँस काट्ने काममा बहुत चतुर हुन्छन्‌ ।

यहाँ पानीको कमी छ-एउटा पहाडको कुनामा ढुङ्गा रसाएको जस्तो सानो कुवा छ, खोक्रो ढुङ्गामा पानी रसाएर भरिएको पानी बहुत निर्मल छ, सारा झिल्टुङलाई त्यसैले पुर्याउँछ, तर दुई हात गहिरो छैन।

झिल्टुङ शान्त छ, सोझो छ, लगरीझगरीबाट दूर छ, चाहिने कुरा फलाउँछ, शानरवाफमा विश्वास गर्दैन, सीधासाधा जीवन नै आर्यको आदर्श देख्तछ, सब विश्वास श्रद्वा, भक्ति र सनातन रीतिथितिमा अडेको छ । ब्राह्मणहरू यहाँ गोठाला र किसानरूपमा रहन्छन्‌ । यिनीहरू अरू तलाशभन्दा पृथ्वीलाई कोर्नु, बाट्नु, सिंगार्नु नै निको मान्दछन्‌ । गठिलो शरीर, तन्दुरुस्ती र ऋणमा नडुब्नु नै यिनलाई जीवन जस्तो लाग्छ । यिनीहरू आफ्नै हातले उमार्दछन्‌, गोड्दछन्‌, फलाउँछन्‌ र खान्छन्‌ । आफ्ना-आफ्ना टुक्रामा आफ्नो-आफ्नो किस्मत गर्नु नै मुख्य ध्येय छ । ढुङ्गिलो भिरालो पहाडको छातीबाट यिनीहरू आफ्ना चाहिंदा चीजहरू निकाल्दछन्‌ र यिनीहरूलाई खरखुशामद र झूटा, बाङ्गा चालको जरूरत छैन । आफ्ना-आफ्ना टुक्रालाई सानो स्वर्गसमान बनाएका छन्‌, कोरी, बाटी, सिंगारी र यो आत्मसन्तोषी सौन्दर्यको उचाइमा उनीहरू