Page:Bhikari.pdf/44: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Validated |
Latest revision as of 15:32, 25 May 2025
This page has been validated
चारु
१
तिन्को भयो जनम सुन्दर झोपडीमा
छुन् फूल ती सुनहला जलका छुरीमा ।
खोला किनार जलको कलिलो बहाइ
हेरी बढिन् सरस यौवनको उचाइ ॥
२
छुट्टा छ ठाउँ नजिकै छ पहाड नङ्गा
छुन्थिन् दबेर जसमा यिनि सानु गङ्गा ।
ढुङ्गा ठुला र अति सुन्दर, स्वच्छ साना
तिन्का सँगीहरु थिए र अखण्ड गाना ॥
३
घुम्थिन् छिनै चउरमा, यहि कुञ्ज कुञ्ज
टिप्थिन् यिनै कुसुम सुन्दर पुञ्ज पुञ्ज ।
यो दृश्यमा तिनि थिइन् यसलाइ भर्थिन्
पन्छी थिइन् जमिनको सब रम्य गर्थिन् ॥